काठमाडौँ । ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको आइसियूमा उपचार भइरहेको छ ।
बुधबार बेलुकी काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि तत्कालै कीर्तिपुरस्थित वर्न अस्पताल पुर्याइएको थियो।
सिलिण्डर विस्फोटबाट आगो लाग्दा नेता भण्डारीको शरीरमा २५ देखि ३० प्रतिशत जलन भएको छ। यस्तै, उनकी ८६ वर्षीया आमाको ७० प्रतिशत शरीरमा जलनको असर परेको छ ।
कीर्तिपुर अस्पतालका बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका चिकित्सक डा. किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार हात र खुट्टामा बढी जलन भएको बताए ।