बैतडी । बैतडीमा बिहीबार राति लगातार दुई पटक भूकम्प गएको छ ।
साँझ ६ बजेर २५ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने बिहीबार साँझ ६ बजेर २६ मिनेटमा ३ दशमलव ५ रिक्टर स्केलको अर्को भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सिखरपुर आसपास रहेको छ ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ ।