ढाका । बंगलादेशको आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) भारी बहुमततर्फ अघि बढेको छ ।
हालसम्म घोषणा गरिएको १७७ निर्वाचन क्षेत्रको नतिजामध्ये १३७ सिटमा बीएनपीले जित हासिल गरेसँगै १७ वर्षपछि स्वदेश फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
तारिक रहमानको शक्तिशाली पुनरागमन पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले आफू उठेका दुवै निर्वाचन क्षेत्रमा सानदार जित दर्ता गरेका छन् ।
१७ वर्षको बेलायत निर्वासन अन्त्य गर्दै गत डिसेम्बरमा मात्रै स्वदेश फर्किएका रहमानको नेतृत्वमा बीएनपीले यस पटक लोभलाग्दो नतिजा निकालेको हो ।



