काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच समसामयिक राजनीतिक विषयमा संवाद भएको छ ।
लामिछानेको सचिवालयका अनुसार सो भेटमा विशेषगरी मधेस प्रदेशको विकास र त्यहाँ प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका बारेमा गहन छलफल भएको थियो ।
दुवै नेताहरूले पछिल्लो जनमतको सम्मान गर्दै मुलुकको समग्र समृद्धिका लागि आपसी सहकार्य र समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।



