Author: khaptadm-admin

आजको राशिफल बिस २०८३ भाद्र २४ गते बुधबार ईस २०२६ सेप्टेम्बर ९ नेपाल सम्बत ११४६ गुलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन काममा नयाँ गति ल्याउनेछ। कार्यक्षेत्रमा तपाईंको सक्रियता देखेर जिम्मेवारी बढ्न सक्छ। बुधको प्रभावले छलफल र कुराकानीबाट आफ्नो पक्ष बलियो बनाउन सकिनेछ। व्यापारमा नयाँ…

Read More

काठमाडौँ । देशैभर विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । सन् १९६६ मा युनेस्कोले घोषणा गरेपछि सन् १९६७ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउन थालिएको हो । व्यक्ति, परिवार र समग्र समाजका लागि साक्षरताको महत्त्वबारे जनचेतना फैलाउनु यसको मुख्य ध्येय हो । नेपालको सन्दर्भमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसकै अवसरमा शिक्षा दिवस पनि मनाउने प्रचलन सुरु भएको पाइन्छ । साक्षरता उन्मूलनका लागि वि.सं. २०६५ देखि राष्ट्रिय अभियान चलाइए पनि अझै ११ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । हालसम्म ७७ मध्ये ६६ जिल्ला मात्र साक्षर घोषित भएका छन् भने मधेस प्रदेशका…

Read More

काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले हङकङ चाइनाको सामना गर्दैछ । क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७: १५ बजेबाट खेल सुरु हुनेछ । नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यसअघिका तीनै खेलमा जित हात पारिसकेको छ । बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अर्कोतर्फ, हङकङ चाइनाले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ । साउदी अरेबिया र मलेसियालाई हराएको हङकङ बहराइनसँग भने पराजित भएको थियो । सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवितै राख्न हङकङका लागि आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल…

Read More

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भई भ्रष्टाचार र बेथितिविरुद्ध ठूलो रूप लिएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज ‘जेनजी शहीद दिवस’ मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको उक्त ऐतिहासिक आन्दोलनको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बेरोजगारी, अवसरको कमी र राज्यको गैरजवाफदेहीपनविरुद्ध युवा पुस्ताले गरेको यस आन्दोलनले मुलुकको राजनीतिक दिशा नै मोडेको थियो । आन्दोलनका क्रममा हिंसात्मक घटना हुँदा कुल ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये ४५ जनालाई सरकारले आधिकारिक रूपमा शहीद घोषणा गर्दै उनीहरूका परिवारलाई आर्थिक सहायता र रोजगारीको…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको दोहोरो प्रभावका कारण मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशमा आंशिक बदली रहे पनि अन्य सबै प्रदेशहरूमा साधारणतया बदलीको अवस्था छ । देशका हिमाली, पहाडी तथा तराईका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने अनुमान छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले…

Read More

आजको राशिफल बिस २०८३ भाद्र २३ गते मंगलबार ईस २०२६ सेप्टेम्बर ८ नेपाल सम्बत ११४६ गुलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष द्वादशी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, परिघ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मंगलको प्रभावले आज तपाईंमा ऊर्जा र आत्मविश्वास बढाउनेछ। लामो समयदेखि रोकिएको काम पूरा गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण रहे पनि आफ्नो क्षमता प्रमाणित…

Read More

काठमाडौँ । जलवायु परिवर्तनको जोखिममा रहेका नेपाल र माल्दिभ्सले यसका असरविरुद्ध क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार दिउँसो भएको टेलिफोन संवादका क्रममा माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्पर्क गर्दै दुःखको यस परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरिन् । कुराकानीका क्रममा उनले माल्दिभ्स सरकार तथा त्यहाँका जनताको तर्फबाट पूर्ण ऐक्यबद्धता प्रकट गरेकी हुन् । माल्दिभ्सले देखाएको यो ऐक्यबद्धता र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले गहिरो आभार व्यक्त गरे । छलफलका क्रममा दुवै मन्त्रीले जलवायु परिवर्तनका कारण साना र जोखिममा रहेका राष्ट्रहरूले भोग्नुपरेका साझा समस्याबारे विचार-विमर्श गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार दुवै…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि आज दिउँसो ३ बजे देशबासीका नाममा विशेष सम्बोधन गर्दैछन् । प्राकृतिक विपत्तिले पुर्‍याएको क्षति, खोज तथा उद्धारको अवस्था र राहत पहुँचबारे जानकारी लिन राष्ट्रपति पौडेल आजै रसुवा तथा भोटेकोशी तटीय क्षेत्र पुगेका थिए । सो क्रममा उनले बाढीका कारण विस्थापित भएका नागरिकका लागि स्थापना गरिएका अस्थायी आवास केन्द्रको निरीक्षण गर्नाका साथै उद्धार र पुनस्थापनाका लागि भइरहेका सरकारी प्रयासबारे टोलीबाट प्रत्यक्ष विवरण लिएका थिए । प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

Read More

काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गराएको हो । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ स्थित जग्गा हालसाबिक गरी कित्ता मिलान गर्नका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । साविक मच्छेगाउँ–९ग मा परेको जग्गाको कित्ता मिलानमा सहजीकरण गरिदिने बहानामा नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई नियतवश दुःख दिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार दुवै जनाले सो रकम सोझै आफूले नलिई कार्यालय सहयोगीमार्फत बुझ्न…

Read More

नुवाकोट । बाढीबाट पुगेको क्षति र जनधनको नोक्सानीलाई सम्बोधन गर्दै बेलकोटगढी नगरपालिकाले पीडित परिवारलाई तुरुन्तै नगद राहत दिने घोषणा गरेको छ । भोटेकोशी र त्रिशूली नदीको बहाव बढेर आएको बाढीका कारण घरबास गुमाएका, आफन्त गुमाएका वा परिवारका सदस्य बेपत्ता भएका नगरवासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत वितरण गरिने भएको छ । प्रभावित नागरिकका लागि अस्थायी बसोबास र अत्यावश्यक राहत सामग्री व्यवस्थापनको काम समेत अघि बढाइएको नगरपालिकाले बताएको छ । यस्तै, बाढीले बालीनाली तथा खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएका किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल सहयोग उपलब्ध गराइनेछ । बाढीले घर पूर्ण रूपमा ध्वस्त बनाएको तर अन्यत्र घर…

Read More