- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । अध्यागमन विभागको नियन्त्रणमा रहेका चिनियाँ नागरिकलाई रिहा गराइदिने आश्वासन दिएर रकम असुल गरेको अभियोगमा हास्य कलाकार नारद खतिवडासहित तीन जनालाई काठमाडौँबाट नियन्त्रणमा लिइएको छ । सर्लाही घर भई हाल काठमाडौँ बस्दै आएका ५२ वर्षीय खतिवडासँगै ललितपुरको नख्खीपोटबाट अन्य दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कटारीका विक्रमबहादुर थापा र नवलपरासीका गोपालकुमार गुरुङ रहेका छन् । अध्यागमन विभागले गत असार १२ गते सानेपाबाट नियन्त्रणमा लिएका ९ जना चिनियाँ नागरिक र उनीहरूका १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै यो समूहले ७२ लाख रुपैयाँ माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चिनियाँ नागरिकहरूले माग बमोजिम अग्रिम…
चितवन । बर्डफ्लु सङ्क्रमणका कारण गिरावट आएको अण्डाको मूल्य पुनः वृद्धि हुन थालेको छ । बर्डफ्लुका कारण उत्पादन घट्नु र पछिल्लो समय बजारमा माग बढ्नुले मूल्य उकासिएको हो । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूला फार्महरूको दरका आधारमा तय गरिएको नयाँ मूल्य आजैदेखि लागू भएको छ । नयाँ मूल्यसूची अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ र सानो अण्डाको मूल्य ४१५ रुपैयाँ तय गरिएको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक ४५ लाख गोटा उत्पादन हुँदै आएको अण्डा बर्डफ्लुकै कारण घटेर २८ लाखमा सीमित भएको छ । जेठ…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा सरकारका मन्त्रीहरूको भेला आज अपराह्न सिंहदरबारमा आयोजना हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि तय भएको उक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यस बैठकमा देशको समसामयिक अवस्था र नियमित प्रशासनिक कामकाजका विषयमा आवश्यक छलफल तथा निर्णयहरू हुने जनाइएको छ ।
काठमाडौँ । घरेलु बजारमा निरन्तर उतारचढावका बीच बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि दर्ता भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यसअघि अघिल्लो दिन मङ्गलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको कारोबार मूल्यमा पनि वृद्धि आएको छ । महासङ्घको तथ्याङ्कअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा खरिदबिक्री…
माइतीघरको डुबान समस्या अध्ययन गर्न काठमाडौँ महानगरको पहल, साझेदार निकायलाई प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । माइतीघर क्षेत्रमा बर्खायाममा हुँदै आएको डुबानको वास्तविक प्राविधिक समस्या पहिल्याउन काठमाडौँ महानगरपालिकाले अध्ययन प्रक्रिया अघि बढाएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले साझेदार निकायका प्रतिनिधिहरूलाई स्थलगत निरीक्षण गराउँदै डुबानको विस्तृत प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन दिएकी हुन्। मङ्गलबार माइतीघर मण्डला आसपासको क्षेत्र अनुगमन गर्दै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय र महानगरका प्राविधिक विभागहरूलाई चाँडै समस्याको निकाससहितको प्रतिवेदन बुझाउन भनेकी छन्। अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल बिछ्याइएको भए पनि निकास हुने मुख्य ठाउँमा भने जम्मा ६० सेन्टिमिटरको मात्रै ढल रहेको भेटिएको छ। माथिल्लो भागको तुलनामा निकासतर्फ ढलको आकार…
काठमाडौँ । बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोतदेवाल आसपासलाई मुख्य केन्द्रविन्दु बनाएर उक्त भूकम्पको धक्का रेकर्ड गरिएको हो । बिहानै गएको भूकम्पका कारण स्थानीयमा केही बेर त्रास फैलिए पनि हालसम्म कुनै पनि प्रकारको भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन् ।
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा आगामी २४ घण्टाभित्र पहाडी तथा हिमाली भू-भागका साथै तराईका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै अवस्थित रहेकाले देशका अधिकांश भागमा बदली र वर्षाको क्रम जारी छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । यस्तै मधेश र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । अहिले बागमती र गण्डकीका केही स्थानहरूका साथै अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसम…
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विदेश बसाइ अन्त्य गर्दै चाँडै नेपाल आइपुग्ने सार्वजनिक घोषणा गरेका छन् । हङकङबाट मंगलबार विज्ञप्ति जारी गर्दै देउवाले पछिल्लो समय सरकारले प्रतिपक्षी दलहरूप्रति प्रतिशोधको नीति अपनाएको आरोप लगाएका छन् । उनका अनुसार वर्तमान सत्ता पक्षले लोकतान्त्रिक प्रणाली, संवैधानिक निकाय तथा स्वतन्त्र न्यायपालिकामाथि दबाब बढाउन खोजेको छ । मुलुकलाई यतिबेला राजनीतिक द्वन्द्वभन्दा पनि समझदारी र सहकार्यको खाँचो परेको उनको भनाइ छ । इतिहासको अनुभव, जनआन्दोलनको ऊर्जा र नयाँ पुस्ताको ज्ञानलाई जोडेर राष्ट्रिय संवादमार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । गत फागुनमा उपचारका लागि श्रीमतीसहित सिंगापुर प्रस्थान गरेका देउवा चैतमा हङकङ पुगेका थिए…
काठमाडौँ । मन्त्रालयले लामो समयदेखि अगाडि बढाएको विभागीय कारबाहीको प्रक्रियालाई पूर्णता दिँदै पशु सेवा विभागमा कार्यरत एक वरिष्ठ अधिकृतलाई पदबाट हटाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेविरुद्ध परेको मुद्दामा अन्तिम निर्णय गर्दै उनलाई निजामती सेवाबाट हटाएको हो । निजामती सेवा ऐन, २०४९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयले यस विषयमा लोक सेवा आयोगसँग परामर्श मागेको थियो । आयोगबाट प्राप्त सहमति र परामर्शका आधारमा ऐनको दफा ५९ को खण्ड (ख) अनुसार घिमिरेलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने’ गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको हो । यस विभागीय कारबाहीको औपचारिक जानकारी लोक सेवा…
काठमाडौँ । आम जनस्तरबाट तीव्र विरोध भएपछि सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत करको निर्णयबाट पछि हटेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा साउन १ गतेदेखि लागू हुने गरी शिक्षा र स्वास्थ्य समता शुल्क लिने व्यवस्था गरिएको थियो । तर, यसबाट नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा सिर्जना हुने देखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसँगको परामर्शमा उक्त शुल्क फिलहाल कार्यान्वयन नगर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री शाहका अनुसार दुर्गम क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायलाई सुविधा पुर्याउने तथा स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने उद्देश्यले सो कर लगाइएको थियो । यद्यपि,…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
