Author: khaptadm-admin

काठमाडौँ । समुद्री क्रुज जहाज ‘एमभी होन्डियस’ मा हन्ता भाइरसको संक्रमण पुष्टि भएपछि यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा राखिएको छ । जहाजमा सवार पाँच जनामा यो संक्रमण देखिएको छ भने अन्य आठ जनामा लक्षण मिल्दाजुल्दा पाइएका छन् । संक्रमणका कारण एक डच महिलाको ज्यान गइसकेको छ भने अन्य संक्रमित र शंकास्पद बिरामीहरू विभिन्न देशका अस्पताल तथा होम आइसोलेसनमा उपचार र निगरानीमा रहेका छन् । हाल २३ देशका १४६ जना यात्रु सवार यो जहाज क्यानरी द्वीपसमूहतर्फ अघि बढिरहेको छ । त्यहाँ पुगेपछि सबै यात्रुको विस्तृत स्वास्थ्य परीक्षण गरिने तयारी छ । संक्रमण थप फैलिन नदिन जहाजभित्रै यात्रुहरूलाई आ–आफ्नो केबिनमा बस्न भनिएको छ…

Read More