- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । संघीय संसद अन्तर्गतका सातवटा विषयगत समितिका बैठकहरू आज एकैदिन बस्न लागेका छन् । आज प्रतिनिधि सभातर्फ अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, र सार्वजनिक लेखा समितिको बैठक आह्वान गरिएको छ । यसैगरी, राष्ट्रिय सभातर्फ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आजै बस्दैछ ।
काठमाडौँ । हरेक वर्ष अगस्ट १२ का दिन संसारभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आयोजना गरिँदै छ । यस वर्ष ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विशेष गरी समुदाय स्तरमा युवाहरूले गर्ने नेतृत्वदायी पहलहरूलाई यस दिवसले उजागर गर्दछ । यस्ता प्रयासहरूले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यहरू हासिल गर्न ठूलो मद्दत पुर्याउँछन् । गुणस्तरीय शिक्षा, जलवायु परिवर्तन सम्बन्धी कार्य, लैङ्गिक समानता र मर्यादित रोजगारजस्ता महत्त्वपूर्ण विषयमा युवाहरूले स्थानीय तथा विश्वव्यापी चुनौतीहरू सम्बोधन गर्दै आएका छन् । युवाका मुद्दा र सवालहरूलाई प्राथमिकता दिन संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा निर्णय गरी…
काठमाडौँ । मुलुकभर मनसुन सक्रिय रहँदा विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ । अहिले पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको छ भने कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश र कोशीको तराईमा आंशिक बादल लाग्दा गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम प्रायः सफा छ । दिउँसो पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ । त्यसैगरी मधेश, कोशी…
काठमाडौँ । सङ्घीय सरकारमा सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूले प्रदेश तहमा सरकार गठन र सञ्चालनलाई व्यवस्थित गर्न संयुक्त रूपमा पाँचबुँदे निर्देशन जारी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त हस्ताक्षर गर्दै प्रादेशिक सरकार निर्माण, मन्त्रालयको बाँडफाँट र कार्यशैलीबारे स्पष्ट मापदण्ड तय गरेका हुन् । यसअघि प्रदेश सरकारबारे भएको तीनबुँदे सहमतिको कार्यान्वयनलाई तीव्र बनाउने उद्देश्यले यो निर्देशन जारी गरिएको हो । जारी निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट सङ्ख्यालाई प्रमुख आधार बनाइनेछ । त्यस्तै, मन्त्रालयको सङ्ख्या पनि दलहरूको सदस्य सङ्ख्याको अनुपातमा निर्धारण गरिनेछ भने मुख्यमन्त्री तथा…
काठमाडौँ । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट चल्ने एम्बुलेन्स र शव वाहनमा लाग्दै आएको स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्का मुख्य पाँच निर्णयहरू सार्वजनिक गरिएको छ । जसअन्तर्गत सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गरिएको छ । शहीद घोषणा हुनेहरूमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव रहेका छन् । यसैगरी बैठकले…
काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष ऋतु सिंह वैद्यले देशको अटोमोबाइल क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन संस्था लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । स्थापनाको एक वर्षभित्रै सदस्य संख्या २१ बाट बढेर ३६ पुगेको जानकारी दिँदै उनले यातायातलाई विलासिता र राजस्व संकलनको माध्यम मात्र नमानी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारी जोड्ने आधारभूत पूर्वाधारका रूपमा लिन आग्रह गरिन् । नाइमाले हरित अर्थतन्त्रको सरकारी लक्ष्यलाई समर्थन गर्ने स्पष्ट पार्दै अध्यक्ष वैद्यले विद्युतीय, हाइब्रिड तथा अन्य नयाँ…
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा १३२ पुगेको छ भने ५७० भन्दा बढी घाइते भएका छन् । विपदका बीच पेरेरा सहरमा भूकम्पका कारण हावामै रोकिएको केबलकारको डिब्बा (क्याबिन) भित्र फसेका १६ जना यात्रुलाई करिब छ घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ । पेरेरा नगरप्रमुखको कार्यालयका अनुसार सोमबार बिहान गएको कम्पनका कारण रोकिएको केबलकारबाट दिउँसो सुरक्षित रूपमा यात्रुहरूलाई बाहिर निकालिएको हो । प्राविधिक एवं सुरक्षा जाँच पूरा नभएसम्मका लागि उक्त क्षेत्रको केबलकार सेवा पूर्ण रूपमा स्थगन गरिएको छ । पहाडी भूभाग रहेको कोलम्बियामा केबलकार मुख्य सार्वजनिक यातायातको माध्यमका रूपमा प्रयोग हुँदै आएको…
पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा अवस्थित घारखोला जलविद्युत् आयोजनामा भीषण पहिरो खस्दा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन् । गए राति ३ बजेतिर विद्युत् गृहको माथिपट्टि रहेको भीरबाट खसेको ठूला चट्टानसहितको पहिरोले विद्युत् गृह र गार्ड रुममा ठूलो क्षति पुर्याएको हो । पहिरोमा परी आयोजनामा कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका हुन् । घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले बेपत्ता बरुवालको खोजी कार्य निरन्तर जारी राखेका छन् । १४ मेगावाट उत्पादन क्षमता रहेको सो जलविद्युत् गृहको अन्य भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ । यो आयोजना विसं २०८० असारदेखि नियमित सञ्चालनमा आएको थियो ।
काठमाडौँ । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको विनासकारी हिमपहिरोमा ज्यान गुमाएका तीन जना नेपाली आरोहीको पार्थिव शरीर मंगलबार अपरान्ह राजधानी ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार साउन १४ गते भएको सो दु:खद दुर्घटनामा परि ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको विमानमार्फत दिउँसो ४:४५ बजे काठमाडौँ अवतरण गराइनेछ । उक्त हिमपहिरोमा परेर ज्यान गुमाएका अर्का आरोही पुरबहादुर गुरुङ ‘युक्त’को शव भने गत साउन २१ गते नै काठमाडौँ ल्याइसकिएको छ । यसै गरी, सोही दुर्घटनामा ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जाको शव भने उनको परिवार बसोबास गर्दै आएको संयुक्त अधिराज्य (बेलायत) लगिएको परराष्ट्र मन्त्रालयले स्पष्ट…
काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा मङ्गलबार प्रतिनिधि सभाको बैठक आयोजना गरिँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अपराह्न १ बजे निर्धारण गरिएको उक्त बैठकमा नयाँ विधेयकमाथि प्रारम्भिक छलफल गर्ने तयारी छ । बैठकको व्यवस्थापकीय कार्यअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
