Author: khaptadm-admin

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको सोमबार बिहान निधन भएको छ । साहको असामयिक अवसानप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले शोक व्यक्त गरेको छ । वडा अध्यक्ष साहको निधनमा शोक व्यक्त गर्दै उपमहानगरले सोमबार आफ्ना मातहतका कार्यालयहरूमा अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालयहरूबाट प्रवाह हुने नियमित सेवाहरू बन्द रहने जनाइएको छ । यद्यपि स्वास्थ्य, दमकल र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू भने निर्बाध रूपमा सञ्चालन हुनेछन् ।

Read More

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । सोमबार बिहान महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले बाटोमा हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका ती पुरुषको उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए । मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । प्रहरीले ठक्कर दिने बस र चालक धादिङ नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान…

Read More

काठमाडौँ । नयाँ कानुन निर्माण र संशोधन विधेयकहरू अघि बढाउने मुख्य अजेन्डासहित सोमबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आयोजना गरिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यगरी मन्त्रालयगत प्रश्नोत्तर तथा विभिन्न नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ संसदमा पेस गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन)…

Read More

काभ्रे । अविरल वर्षासँगै खसेको पहिरो र लेदोका कारण बिपी राजमार्गमा सवारी साधनको आवागमन ठप्प भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के सडकखण्डमा बिहान ४ बजेतिर माथिबाट ठूलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा ठप्प बनेको हो । सडकमा लेदो र ढुङ्गामाटो जम्मा भएपछि दुवैतर्फ सयौँको सङ्ख्यामा सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन् । हाल प्रहरी र स्थानीय निकायको टोली उपकरणसहित पहिरो पन्छाउन खटिएका छन् । सडक विभाग र सुरक्षाकर्मीको निरन्तर प्रयासबाट छिट्टै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सम्भावित जोखिम र झन्झटबाट बच्नका लागि प्रहरीले सर्वसाधारण तथा सवारी चालकहरूलाई सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा तय गर्न…

Read More

काठमाडौँ । संघीय संसदका चार वटा विषयगत समितिका बैठकहरू आज एकै दिन आयोजना हुँदैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका दुई-दुई वटा समितिमा आ-आफ्ना तोकिएका एजेन्डामाथि छलफल हुन लागेको हो । पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बोलाइएको छ, जसमा समितिका आन्तरिक गतिविधिको समीक्षाका साथै राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ । त्यस्तै, बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची तय छ । यसैगरी, राष्ट्रिय सभातर्फ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ,…

Read More

काठमाडौँ । देशैभरि मनसुनी वायुको सक्रिय प्रभाव रहँदा धेरैजसो भू-भागमा बदली हुनुका साथै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला कोशी र लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवम् हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। यस्तै मधेश प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसोभरि नै देशभरको मौसम साधारणतया बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा…

Read More

झापा । बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा जुध्न पुगेका हुन् । दुर्घटनामा परेर अटो चालक तयामुल हकसहित पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा झापा गाउँपालिका–४ भामटोली निवासी ३५ वर्षीया सुखि बिवीको दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बाँकी चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ नामको नयाँ अभियान सुरु गर्ने तयारी गरेको छ । जनउत्तरदायी र पारदर्शी राजनीतिक अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याउन लागिएको जानकारी पार्टीका सहमहामन्त्री असिम शाहले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित भएर सर्वसाधारण र कार्यकर्तासँग प्रत्यक्ष संवादमा जोडिनेछन् । यस कदमले आम नागरिकका आवाजलाई सिधै नीति निर्माणको तहसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमलाई दैनिक दुई चरणमा विभाजन गरी सञ्चालन गरिनेछ । पहिलो चरणअन्तर्गत साँझ…

Read More

काठमाडौँ । नेपालमा पछिल्लो समय एलपी ग्यासको आयात निरन्तर बढिरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ । भारतबाट बिनाअवरोध ग्यास भित्रिरहेको र उद्योगहरूले समेत तीव्र रूपमा सिलिन्डर रिफिलिङ गरी बजारमा पठाइरहेकाले मागभन्दा बढी ग्यास खरिद गरेर नराख्न सङ्घले स्पष्ट पारेको छ । सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिअनुसार उपभोक्ताले अनावश्यक रूपमा थप सिलिन्डर होल्ड नगरेमा बजारमा देखिएको क्षणिक अभावको समस्या तुरुन्तै समाधान हुनेछ । आयल निगमको समन्वयमा भारतीय रिफाइनरीहरूबाट हाल ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ । निगमको तथ्याङ्कअनुसार पछिल्लो २२ दिनमै ३९ हजार ७७४ मेट्रिकटन ग्यास भित्रिसकेको छ…

Read More

काठमाडौँ । उपत्यकामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको खबर प्राप्त भएपछि सरकारले अनुगमन तीव्र पारेको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोहरूमा आइतबार बिहानैदेखि सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाएको हो। भारतबाट ग्यास आयात निरन्तर भइरहे पनि बजारमा अस्वाभाविक अभाव देखाई बढी मूल्यमा बिक्री गरेको गुनासो मन्त्रालयमा परेको थियो । ग्यास लुकाउने, तोकिएको दरभन्दा बढी मूल्य लिने वा उपभोक्तालाई दुःख दिने जुनसुकै गतिविधिलाई तत्काल कारबाहीको दायरामा ल्याइने जनाइएको छ। काठमाडौँको अनुगमनको नतिजाका आधारमा आवश्यकता अनुसार देशका अन्य जिल्लाहरूमा समेत सादा पोसाकमा प्रहरी टोली खटाउने तयारी गृह मन्त्रालयले गरेको…

Read More