Author: khaptadm-admin

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी सुरु गरेको छ। नयाँ पुस्तालाई नेपाली चलचित्रको ऐतिहासिक विरासतसँग परिचित गराउनुका साथै पुराना चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँको चाबहिलस्थित फिल्म बोर्ड चोकमा रहेको बोर्डको आफ्नै हलमा साउन २२ गते शुक्रबारदेखि सुरु भएको यो प्रदर्शनी साउन २७ गते बुधबारसम्म सञ्चालन हुनेछ। प्रदर्शनी अवधिभर नेपाली चलचित्रको इतिहासमा खास अर्थ राख्ने १० वटा चर्चित चलचित्रहरू पूर्ण रूपमा निःशुल्क देखाइने व्यवस्था मिलाइएको छ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भई बोर्डको सङ्ग्रहालयमा डिजिटाइज गरेर सुरक्षित राखिएका यी चलचित्रहरूलाई…

Read More

काठमाडौँ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । उक्त बैठकमा पार्टीको आगामी १५औं महाधिवेशनको कार्यतालिका, सांगठनिक तयारी तथा देशको विद्यमान राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल हुने कार्यसूची रहेको छ । महाधिवेशनको आन्तरिक कार्यदिशा र समसामयिक विषयहरूमा नेताहरूबीच विचार विमर्श हुने जनाइएको छ ।

Read More

काठमाडौँ । अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग तथा सहायक सडकहरूमा क्षति पुग्दा नेपालका विभिन्न भूभागमा सवारी आवागमन ठप्प भएको छ । बाढी, पहिरो, सडक कटान तथा लेदोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध बनेपछि यात्रु तथा चालकहरू समस्यामा परेका छन् । विपद्‌को जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सो खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने गाडी चल्न दिइनेछ । यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण जोखिम बढेकाले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ ।…

Read More

काठमाडौँ । विश्वभरका आदिवासी जनजातिको अधिकार र पहिचानलाई संस्थागत गर्ने उद्देश्यका साथ नेपालमा पनि ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयपश्चात् हरेक वर्ष यस दिनलाई आदिवासी समुदायको हक, हित र अधिकारका विषयमा छलफल तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै मनाउने गरिएको छ । राष्ट्रसङ्घको आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) को धारा १४ ले आदिवासी समुदायलाई आफ्नो भाषा, संस्कृति, रीतिरिवाज र परम्परा अनुकूलको शैक्षिक प्रणाली तथा संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने पूर्ण अधिकार प्रदान गरेको छ । यसै व्यवस्थालाई स्मरण गर्दै नेपालका आदिवासी…

Read More

काठमाडौँ । नेपाली क्रिकेटप्रेमीहरूका लागि बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले तालिका तय गर्दै यसपटकको प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ (अक्टोबर २६ देखि नोम्बर २१) सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि नै खेलाडीहरूको अक्सन प्रक्रिया सम्पन्न भइसकेकाले अब टोलीहरू विदेशी खेलाडी अनुबन्ध र अन्तिम तयारीमा जुटेका छन् ।

Read More

काठमाडौँ । बढ्दो प्राकृतिक प्रकोप नियन्त्रण र वातावरणीय सन्तुलनका लागि जनचेतना जगाउने उद्देश्यका साथ आज देशभर राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै छ । नेपालमा बाढी, पहिरो तथा भू-क्षयजस्ता विपत्ति कम गर्दै भूमिको उर्वराशक्ति जोगाउन यो दिवसको विशेष महत्त्व रहँदै आएको छ । साउन २४ गते भू तथा जलाधार संरक्षण विभागको स्थापना भएको सम्झनामा विक्रम संवत् २०३१ देखि निरन्तर यो दिवस मनाउन थालिएको हो । दिवसको अवसर पारेर आज देशका विभिन्न भागमा सचेतनामूलक छलफल, अन्तर्क्रिया तथा वृक्षरोपण कार्यक्रमहरू आयोजना गरिँदै छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि धुपी, काइयो तथा विभिन्न जातका बोटबिरुवा रोपेर प्राकृतिक वातावरण जोगाउने सन्देश दिन लागिएको हो…

Read More

काठमाडौँ । मनसुनी वायुको सक्रिय प्रभावका कारण देशका विभिन्न भू-भागमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया बदली रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो पनि देशका अधिकांश स्थानमा बादल लाग्ने महाशाखाले जनाएको छ । यस क्रममा हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, कोशी,…

Read More

काठमाडौँ । नेपालले चीन र दक्षिण एसियाली क्षेत्रबिच आर्थिक, व्यापारिक तथा जनस्तरको सहकार्य बढाउन एक गतिशील पुलको रूपमा भूमिका खेल्न सक्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट तथा चीनको फुदान विश्वविद्यालयअन्तर्गत रहेको दक्षिण एसिया अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सो धारणा राखेका हुन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक उक्त कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकीसँग नेपालको सम्बन्ध थप सुदृढ बन्दै गएको स्पष्ट पारे । नेपाललाई केवल भूपरिवेष्टित राष्ट्रमा सीमित नराखी चीन र दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने जीवन्त माध्यम…

Read More

डडेल्धुरा । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको कानुनी स्वामित्व नपाएका डडेल्धुरा परशुराम नगरपालिका–१२ का स्थानीयको लामो समयपछिको सपना बल्ल साकार भएको छ । साविकको जोगबुढा गाविस वडा नं. १ अन्तर्गत पर्ने खजुरानी र तुलाभाडी गाउँका १२ परिवारलाई हालै जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको हो । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले वि.सं. २०४५ सालमै सो क्षेत्रमा जग्गा नापनक्साको काम सम्पन्न गरेको थियो । तर, प्रशासनिक प्रक्रिया रोकिएपछि स्थानीय बासिन्दाले आफ्नो जमिनको कानुनी प्रमाण पाउन सकेका थिएनन् । त्यसपछि आयोगले २०५५ साल पुस २६ गते पुनः प्रक्रिया थाले पनि काम अधुरै रहँदा पुर्जा वितरण हुन सकेको थिएन । हालको समितिको कार्यविधि…

Read More

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको सङ्केत गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले त्यसको जवाफ दिएका छन् । परिवर्तनका लागि स्पष्ट जनादेश पाएको यो सरकारमा कोही पनि एक्लो नरहेको भन्दै उनले सरकारलाई आफ्नो पूर्ण साथ रहेको स्पष्ट पारेका हुन् । झाले सरकारको नियत र उद्देश्यमाथि कुनै शङ्का नरहेको उल्लेख गर्दै कामकारबाहीका क्रममा देखिएका केही कमजोरीहरू सुधार्नुपर्ने आवश्यकता औँल्याए । संसद्‌मा सांसदहरूले उठाएका विषयहरू सरकारलाई सचेत गराउने र प्राप्त ऐतिहासिक अवसर खेर जान नदिने प्रयास भएको उनको भनाइ छ । जननिर्वाचित सरकार सधैँ जनताको साथमा रहनुपर्ने र आफूहरू सरकारको पक्षमा उभिएको…

Read More