Author: khaptadm-admin

सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसमा आज एक यात्रुवाहक हाइस दुर्घटनामा परेको छ । मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक अचानक फेल भएर अनियन्त्रित भई सडकको नालामा खसेको हो । सवारी साधनमा चालकसहित १४ जना यात्रु सवार रहेकोमा दुर्घटनाबाट चार जना घाइते भएका छन् । दुर्घटनामा परेर धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह तथा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् । यसैगरी मोरङकै सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मालाई सामान्य चोटपटक लागेको छ ।…

Read More

काठमाडौँ । २४ घण्टाको अवधिमा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी तीन जनाले ज्यान गुमाएका छन् । यसैगरी बागमती र गण्डकी प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर देशभर १०५ जना घाइते भएका छन् । जसमध्ये मधेश प्रदेशमा मात्रै ३७ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११ जना तथा कोशी प्रदेशमा २१ जना घाइते भएका छन् । त्यस्तै बागमतीमा ६ जना, लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णाली प्रदेशमा ७ जना घाइते भएका छन् ।

Read More

कालीकोट । पलाँता गाउँपालिका–९ मा रहेको पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अभद्र व्यवहार र भौतिक पूर्वाधारमा तोडफोड गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत साउन २२ गते अस्पतालका चिकित्सक तथा नर्सहरूमाथि अभद्र व्यवहार गर्दै अनाधिकृत रूपमा प्रवेश गरेर तोडफोड गरिएको थियो । घटना लगत्तै अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले संलग्नताको आशङ्कामा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानबाट खुल्न आउने थप तथ्य र प्रमाणका आधारमा उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कालीकोटको भनाइ छ ।

Read More

काठमाडौँ । भूकम्पबाट क्षति पुगेको रत्नपार्कस्थित ऐतिहासिक महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तलको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको करिब ८ करोड ९५ लाख रुपैयाँ लागतमा जीर्णोद्धार गरिएको उक्त सत्तलको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ । सम्पदाको दिगो संरक्षणमा सबैको अपनत्व हुनुपर्नेमा जोड दिँदै कार्यवाहक प्रमुख डंगोलले करदाताको रकमबाट निर्मित संरचनालाई व्यावसायिक प्रयोजनमा नलाई धार्मिक तथा सामाजिक कार्यमा मात्र प्रयोग गरिनुपर्ने स्पष्ट पार्नुभयो । वि.सं. १९९७ को पुराना तस्बिरहरूलाई आधार बनाएर परम्परागत शैलीमै ५८३.८१ वर्गमिटर क्षेत्रफलमा यो सत्तल खडा गरिएको छ । कार्यक्रममा वडाध्यक्ष, पुरातत्व विभागका महानिर्देशक तथा गुठी संस्थानका प्रतिनिधिहरूले सम्पदाको मौलिकता जोगाउन महानगरले गरेको…

Read More

काठमाडौँ । उपभोक्तालाई बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’का सबै प्राविधिक तयारी पूरा भएका छन् । यसै क्रममा विभागले साउन महिनाको पहिलो १५ दिनको कारोबारलाई लक्षित गर्दै आज शुक्रबार पहिलो चरणको उपहार घोषणा गर्दैछ । विभागका अनुसार गत साउन १ गतेदेखि १५ गतेसम्म डिजिटल माध्यमबाट प्यान वा भ्याट बिल लिई वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो योजनामा सोझै सहभागी भएका छन् । नगदमा कारोबार गरेका ग्राहकहरूले भने विभागको आधिकारिक वेबसाइटमा गएर भौतिक बिलको विवरण अपलोड गरी डिजिटल कुपन प्राप्त गरेको हुनुपर्छ । साउन पहिलो १५ दिनको दैनिक कारोबारका आधारमा १५…

Read More

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको उपस्थितिमा नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा विषयगत प्राविधिक समितिहरूले सिफारिस गरेअनुसार नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी विभिन्न मस्यौदामाथि छलफल गर्दै तिनलाई स्वीकृति दिने निर्णय गरियो । परिषद्ले सवारीसाधनमा प्रयोग हुने ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा मिसाइने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसनका साथै इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यक मापदण्ड पारित गरेको छ । यसका साथै, रबरको कठोरता मापनका लागि निर्धारण गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरू आइएसओ ४८-१: २०१८ र आइएसओ ४८-२: २०१८ लाई पनि अनुमोदन गरिएको छ । त्यस्तै, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी आइएसओ १८८: २०२३ का साथै रबर र…

Read More

काठमाडौँ । नयाँ विधेयकहरू पेस र समिति प्रतिवेदन प्रस्तुत गर्ने मुख्य कार्यसूचीसहित प्रतिनिधि सभाको बैठक आज आह्वान गरिएको छ । सङ्घीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने तयारी छ । यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा अन्य मन्त्रीहरूले…

Read More

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको कार्यकारी टोली पुनर्गठन गर्दै सरकारले नयाँ पदाधिकारी चयन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले काउन्सिलको अध्यक्ष पदमा सकुन्तला प्रजापति, उपाध्यक्ष पदमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई जिम्मेवारी सुम्पिएको छ । नयाँ नेतृत्व सम्हाल्न लागेका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोह सम्पन्न भएसँगै उनीहरूले काउन्सिलमा पुगेर आफ्नो कार्यभार औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

Read More

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न तीन वटा विषयगत समितिका बैठकहरू आज एकैसाथ बस्दैछन् । संसदीय कार्यसूची अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक आज आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ । उक्त बैठकमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का विविध पक्षमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यसूची तय गरिएको छ । त्यसैगरी, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरूको मानव अधिकारको स्थितिबारे तयार पारिएको अध्ययन…

Read More

काठमाडौँ । लगातार परेको पानीका कारण सप्तकोसी नदीको जलसतह उकालो लागेपछि कोशी ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार मध्याह्न १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५ सय १० क्युसेक पुगेको छ । बहाव निरन्तर बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर ब्यारेजका २८ वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सामान्यतया प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी पुग्नेबित्तिकै खतराको सूचक मानिने भएकाले ब्यारेजमा रातो बत्ती बालेर तटीय क्षेत्रका बासिन्दालाई सजग गराइएको छ ।

Read More