- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । ललितपुरस्थित ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ गुडिरहेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्को पुलको पर्खालमा जुध्न पुगेको थियो । दुर्घटना लगत्तै प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकै रहेको बीएण्डबी अस्पताल पुर्याएका छन् । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । लसुन नेपाली भान्सामा नियमित रूपमा प्रयोग हुने मसलाका साथै औषधीय गुणले भरिपूर्ण प्राकृतिक खाद्य पदार्थ पनि हो । यसमा पाइने एलिसिनलगायतका सक्रिय तत्त्वले शरीरलाई विभिन्न प्रकारका स्वास्थ्य लाभ पुर्याउने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । विशेषगरी बिहान खाली पेटमा यसको सेवन गर्दा अतिरिक्त फाइदा हुने विश्वास गरिन्छ, यद्यपि यसको असर व्यक्तिअनुसार फरक-फरक पर्न सक्छ । लसुनमा पाइने एन्टिअक्सिडेन्ट र जीवाणुरोधी गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन मद्दत गर्छन् । यसका साथै केही अनुसन्धानका अनुसार लसुनले उच्च रक्तचाप नियन्त्रण गर्न र खराब कोलेस्ट्रोल कम गर्दै रक्तसञ्चार सुधार गर्न सहयोग पुर्याउँछ, जसले मुटुसम्बन्धी रोगको जोखिम घटाउँछ । तर यसलाई…
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १:१५ बजेदेखि सुरु हुँदैछ । बैठकको कार्यसूचीबारे जानकारी दिँदै संघीय संसद सचिवालयले गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने बताएको छ । यस्तै, बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन सांसद कमला पन्तले प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आगामी केही दिन धेरैजसो भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक अवस्थित छ । यसको प्रभावले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा सुरु भएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा वर्षाका साथै हिमपातको सम्भावना छ । पहाडी…
काठमाडौँ । मुख्य सडकलाई आधार बनाएर भित्री भागमा रहेका भवनको सम्पत्ति कर तोकिँदा स्थानीयवासीले समस्या भोगेको भन्दै काठमाडौँ महानगरपालिकाले मालपोत कार्यालयसँग सहकार्य गरेर निकास निकाल्ने भएको छ। महानगरको ५५औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले मालपोतसँगको संवादबाट समाधान ननिस्किएमा विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगको संयुक्त टोलीले अध्ययन गरी नयाँ विकल्प ल्याउने जानकारी दिनुभयो। यस क्रममा उहाँले बिनाअध्ययन करको दर परिमार्जन नगरिएको र पहिलेकै दररेटलाई निरन्तरता दिइएको समेत प्रस्ट पार्नुभयो। उक्त बैठकले सहरी योजना आयोगको सदस्य पदमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरीको नियुक्तिलाई स्वीकृत…
चितवन । मुग्लिन-नारायणगढ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू सिमलताल नजिकै खसेको पहिरोका कारण बिच बाटोमै रोकिनुपरेको छ । पहिरोका कारण उक्त सडकखण्डको दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अहिले पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गर्नका लागि सडक डिभिजनका मेसिन तथा उपकरणहरू घटनास्थलमा परिचालन गरिसकिएको छ । सडक सफा गरेर गाडी सञ्चालनमा ल्याउन कम्तीमा एक घण्टा जति समय लाग्ने अनुमान छ । अवस्था सामान्य नभएसम्मका लागि सडक डिभिजनले उक्त बाटो भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सफ्टवेयर प्रणाली बिग्रिएपछि विगत एक महिनादेखि आवेदन सङ्कलनदेखि विवरण प्रमाणीकरणसम्मका सबै सेवा पूर्ण रूपमा ठप्प बनेका छन् । प्राविधिक समस्याका कारण नयाँ परिचयपत्र नम्बर लिन तथा राहदानीलगायतका अत्यावश्यक सेवा उपभोग गर्न पुगेका सेवाग्राहीले ठूलो सास्ती व्यहोर्नुपरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नीराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा गम्भीर खराबी आएको हो । सरकारले राहदानी, सामाजिक सुरक्षा भत्ता, घरजग्गा किनबेच, बैङ्किङ तथा राजस्वजस्ता क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्रणाली नै रोकिँदा वैदेशिक रोजगारी (ईपीएस) मा जान राहदानी बनाउनुपर्ने युवाहरू बढी प्रभावित भएका छन् । समस्या जटिल बनेपछि विभागले परिचयपत्रबिना नै सेवा…
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा केही दिनयता जारी अविरल वर्षाका कारण प्राकृतिक विपद्को खतरा बढेपछि स्थानीय प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । साउन १६ गतेदेखि परेको निरन्तरको झरीका कारण कालीगण्डकी नदी लगायत स्थानीय नदीनालामा पानीको बहाव निकै बढेको छ । खोलामा आएको बाढी र आसपासका पहाडबाट पहिरो खस्ने सम्भावना उच्च भएपछि बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने काभ्रेभिर, जोमसोम र लोमान्थाङ क्षेत्रको यातायात जोखिमपूर्ण बनेको छ । यसै सन्दर्भमा जिल्ला सुरक्षा समितिले साउन १९ गते बैठक बसी साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।…
काठमाडौँ । विश्वभरका सडकमा सवारीसाधनको चाप र यात्रुको आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइने गरिन्छ । सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरमा विश्वकै पहिलो विद्युतीय ट्राफिक बत्ती प्रणाली जडान गरिएको थियो । सोही ऐतिहासिक कदमको स्मरण गर्दै आज यो दिवस मनाइने गरिएको हो । विश्वको पहिलो विद्युतीय ट्राफिक बत्तीको डिजाइन जेम्स होजले गरेका थिए भने यसको प्रारम्भिक अवधारणामा लेस्टर वायरको पनि ठूलो योगदान थियो । त्यस समयमा युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा सुरु गरिएको उक्त प्रणालीमा रातो र हरियो बत्ती मात्र प्रयोग गरेर सवारीसाधन र…
काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो । विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । यस्तै कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ । आज दिउँसो र राति देशका अधिकांश भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । हिमाली भेगका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ ।…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
