नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफुमाथि लागेको कानुनी मुद्दाको सामना गर्न अक्टोबर ६ मा नेपाल फर्कने बताएका छन् ।
बलात्कारको आरोप लागेका लामिछानेले फेसबुक मार्फत भने,‘ठूलो आशा र शक्तिका साथ यही अक्टोबर ६ २०२२ मा स्वदेश फर्कने र झुटो आरोप विरुद्ध कानुनी लडाई लड्न नेपाल अख्तियारको जिम्मा लिएको छु’ ।
न्याय प्रणालीमा आफूलाई विश्वास रहेको बताउँदै लामिछानेले आफू निर्दोष हुने दाबी गरेका छन् । उनले भने, ‘मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्न यो परीक्षाबाट गुज्रन तयार छु ।
लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र केही दिनमा नेपाल फर्किने बताएका थिए । यसअघि नेपाल प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।