नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा असोज २८ गते भव्य समारोहबीच उद्घाटन भएको छ।
पदक तालिकामा नेपाली सेना ३० स्वर्णमध्ये १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक प्राप्त गरि स्थानमा छ ।
बागमती प्रदेश ६ स्वर्ण, ५ रजत र २ कास्यसहित १३ पदक सहित दोस्रो र सशस्त्र प्रहरी बल (एपीएफ) चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक जितेर तेस्रो स्थानमा रहेका छन।
अन्य पदक तालिकामा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण, दुई रजत र छ कास्य जम्मा १० पदक, नेपाल प्रहरीले दुइ स्वर्ण, एक रजत र तीन कास्य गरि ६ पदक, सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक, लुम्बिनी प्रदेशले ४ रजत, एनआरएनएले १ रजत र प्रदेश नम्बर १ ले ५ कास्य पदक जितेको छ ।
नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र एपीएफ) र एनआरएन टोलीसहित ११ टोलीको सहभागिता रहेको छ। कर्णाली प्रदेश र मधेस प्रदेशले अहिलेसम्म कुनै पदक जितेका छैनन् ।
खेल आगामी कार्तिक ३ गते समापन हुनेछ । गण्डकी प्रदेशका आठ जिल्लामा खेलकुदअन्तर्गत विभिन्न प्रतियोगिताहरु हुँदैछन् ।