बलिउड अभिनेत्री मनिषा कोइराला मंगलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौं क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो चुनावी अभियानमा सहभागी भएकी छन् ।
नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी मनिषा मिश्र सँगै काठमाडौं निर्वाचन क्षेत्र नं १ मा भोट माग्न गएकी थिइन् ।
राप्रपाले आइतबार काठमाडौंको वसन्तपुरमा आयोजना गरेको चुनावी सभालाई मनिषाले सम्बोधन गरेकी हुन् ।