निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग नागरिकता मुद्दामा बुधबार स्पष्टीकरण मागेको छ ।
लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै मंगलबार आयोगमा उजुरी परेको थियो ।
लामिछानेले विदेशको नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको भन्दै उजुरी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिनभित्र स्पष्टीकरण मागे प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले टेलिफोनमा जानकारी दिनुभयो।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार हुन् ।