नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शनिबार भेट गरी सरकार गठनलगायतका विषयमा छलफल गरेका छन् ।
खड्काले नेपाल वर्तमान गठबन्धनलाई अक्षुण्ण राख्ने पक्षमा रहेको बताए । ‘वास्तवमा उहाँको पार्टीले अहिलेको गठबन्धनलाई अक्षुण्ण राख्ने निर्णय गरिसकेको थियो,’ खड्काले भने, ‘नयाँ दल बनाएर गठबन्धन विस्तार गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचन आयोगले मतपरिणाम पेस गरेपछि सरकार गठनका लागि गठबन्धनका साझेदारहरूसँग औपचारिक छलफल हुने उनले बताए ।