महोत्तरी । हावाहुरीका कारण सडक छेउको रुख ढलेर गुडिरहेको टेम्पोलाई थिच्दा दुई जना यात्रुले ज्यान गुमाएका छन् ।
जलेश्वर नगरपालिका–९ स्थित परकौली सडकखण्डमा हिजो बेलुका ज १ घ ४८५० नम्बरको टेम्पोमाथि रुख खस्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिक रहेका छन् । प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी गराइसकिएको बताउनुभयो ।
यस दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको हाल जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । (रासस)



