काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता सहज हुँदै गएको बताएका छन् ।
नेपाल बैंकर्स संघको ३६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले देशको अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै बैंकिङ च्यानलमा तरलताको उपलब्धता बढ्दै गएको बताएका हुन् । उनले अन्तर बैंक दर ८.५०% बाट ७.०७% मा झरेको समेत जानकारी दिए । सबै बैंकहरुको सीडी रेसियो ९०% तल झरेको उनले बताए ।
उनले वित्तीय क्षेत्र ट्रयाकमा आएको बताए । नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या भएको भन्दै उनले मुख्य ड्राइभर रेमिट्यान्स रहेको उल्लेख गरे । यसबाट सिफ्ट हुनुपर्ने समेत उनको भनाइ छ । गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए ।