काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो ।
निगमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।
निगमको पछिल्लो मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ हुनेछ ।
तर, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहने छ ।