नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेपाललाई स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए ।
उनका अनुसार माधव नेपाललाई अब ज्वरो छैन, श्वास फेर्न अक्सिजन चाहिँदैन, राम्रोसँग खाना खाइरहेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपाल निमोनियाका कारण डिसेम्बर २० मा अस्पताल भर्ना भएका थिए ।
उहाँको स्वास्थ्यमा सुधार आएपछि बिहीबार पुष ७ गते संसद भवन नयाँ बानेश्वरमा भएको सपथ ग्रहण समारोह र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको शक्ति गठबन्धन बैठकमा नेपाल सहभागी भएका थिए ।