काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
दुई नेताबीच देशमा वामपन्थी दलको एकताबारे पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारलाई नेकपा एसले अहिलेसम्म समर्थन दिएको छैन ।
प्रधानमन्त्री दाहालले पुष २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । आगामी दिनमा नेकपा एसले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी छ ।