कैलाली । बर्दिया र कैलाली जिल्लाको सीमा क्षेत्रमा रहेको चिसापानी बजार सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक हो ।
एक खम्बे पुलका रुपमा प्रख्यात कर्णाली पुल र नेपालकै सबैभन्दा लामो नदी कर्णाली यस पर्यटकीय क्षेत्रको प्रमुख आकर्षणका केन्द्र हुन् ।
नदीसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जले यस क्षेत्रको रमणियता थप बढाएको छ । त्यसैले यहाँ सयौं पर्यटक घुम्न आउँछन् । तर, यस क्षेत्रको सडकको अवस्था भने दयनीय छ ।
सडक भत्किएर खाल्टा खुल्टी परिएको महिनौ बितिसक्दा पनि स्थानीयहरुले प्रदेश सरकारलाई गुहार्दा समेत सडक नबनेको गुनासो गरेका छन् ।
पर्यटकीय हिसाबले प्रमुख पर्यटकीय गन्तब्य रहेको चिसापानी बजारमा एति बेला सडकको दयनीय अवस्था सजिलै संग देख्न र बुझ्न सकिन्छ ।