बझाङ । कौशिक गोत्रिय रेग्मी समाजले आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । रेग्मी बन्धु समाज बझाङका अध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा लोकसेवा आयोगका माननीय अध्यक्ष माधव प्रसाद रेग्मी प्रमुख अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा रेग्मी बन्धु समाजका कोषाध्यक्ष बुद्धिप्रसाद रेग्मी सहसचिव डा.तेजराज जोशी रेग्मी केन्द्रीय सचिवालय सदस्य शेसराज रेग्मी स्थानीय पुर्वाधार विकास आयोजना प्रमुख महेश्वर घिमिरे लगायत अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा टिकराज जोशीले स्वागत मन्तव्य र केन्द्रीय सदस्य तीर्थराज रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। बझाङ जिल्ला थलारा गाउँपालिका वडा नम्बर १ को तल्कोटमा भएको उक्त कार्यक्रममा शिक्षक भवराज जोशीले वंशावली दस्तावेजी प्रस्तुतिकरण गर्नु भएको थियोे ।
कौशवी गोत्रिय शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि माधव प्रसाद रेग्मीले रेगम देउरा जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गराउन पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
त्यस्तै रेग्मी बन्धु समाज बझाङका अध्यक्ष टिकाराज जोशीले आगन्तुक टिमलाई स्वागत गर्दै रेग्मी वंशावलीमा भएका त्रुटिहरू सच्याउन र छुट्न गएका कुरा समावेश गर्न केन्द्रीय समितिमा अनुरोध गर्दै रेग्मीलाई वेशक्याम्प बनाइ ठिङमालिका देवलवाझ छडिभेल झरना हुँदै माइकाथान डाँफेकोट खापरदह सम्म धार्मिक पर्यटन रुट स्थापन गर्नका लागि केन्द्रीय समितिमा निवेदन गर्नुभएको अध्यक्ष जोशीले बताउनुभयो ।