बझाङ । बझाङ थलारा गाउँपालिका वार्ड १ रेगम र केदारस्यूँ गाउँपालिकाको देउरा बजार जोडिने झुलुङ्गे पूल निर्माण गर्नको लागि भुमिपुजन (शिलन्यास) कार्य सम्पन्न भएको छ।
लोकसेवा आयोगका अधक्ष्य माननीय माधव प्रसाद रेग्मीज्यु द्वारा हिन्दुपरम्परा अनुसार भुमिपुजन गरि उक्त कार्यको शुभारम्भ गर्नु भएको हो । कौशिक गोत्रीय रेग्मी समाजका सल्लाहकार परिसदका संयोजक समेत रहनु भएका रेग्मीज्युले आफ्नो पुर्खाको पावन भुमिमा पूल निर्माण गर्न बजेट व्यवस्थापन र डि.पि.अर को लागि पनि व्यक्तिगत रुपले प्रयास गर्नु भएको थियो । साथै उक्त कार्यक्रमको पुजन कार्य पण्डित चन्द्रदेव उपाध्याय बाट सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा रेग्मी समाजका केन्द्रिय सहसचिव डा. तेजराज जोशी रेग्मी, केन्द्रिय कोषाधक्ष्य बुद्धि प्रसाद रेग्मी, केन्द्रिय सदश्य दुवै शेषराज रेग्मी र तिर्थराज जोशी रेग्मीको पनि उपस्तिथी रहेको थियो।
थलारा गाउँपालिकाका अधक्ष्य प्रकाश बहादुर रोकाया, उपाधक्ष्य राम बहादुर खाती, वार्ड ८ का अधक्ष्य टिकाराज जोशी रेग्मी, केदारस्यूँ गाउँपालिका वार्ड १ को अधक्ष्य बिर बहादुर भण्डारी आदि राजनीतिक व्यक्तिहरुको उपस्तिथी रहेको थियो।
उक्त कार्यक्रममा पूर्वाधार बिकाश आयोजना प्रमुख डि.इ. महेश्वोर घिमिरे बाट आयोजना सम्बन्धि जानकारी दिनको साथै १४ महिना भित्र योजना सम्पन्न हुनी जानकारी दिनु भयो।
पन्चे बाजाको मिठो धुनका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो।