पन्चे बाजा अथवा पाँच परम्परागत नेपाली वाद्ययन्त्रहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेगमा बजाईने गरिन्छ।
पन्चे बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।
परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दछन्। हाल यो बाजा मुख्य रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ।
तर नेपालको शहरी भेगमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ।