बझाङ । बझाङको थलारा – ८ गुरुकोट स्थित भोज भागिरथी ट्रष्टका संस्थापक अधक्ष्य डा. तेज राज जोशी रेग्मीको आर्थिक सहयोगमा ट्रस्टको चार कोठा, प्रशिक्षण हल र भान्छा कोठाको कार्य सम्पन्न भएको छ ।
यो ठाउँ सुदूरपश्चिम नेपालको मनोरम पर्यटकीय केन्द्र खप्तड राष्ट्रिय निकुञ्जबाट केही घण्टाको दूरीमा अवस्थित छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र जीवजन्तुको प्रतिनिधित्व गर्दछ । यो राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् ।
भोज भागिरथी ट्रष्टको करिब ३०० रोपनी जग्गा रहेको छ । धार्मिक पर्यटन, आध्यात्मिक पर्यटन, ओर्गानिक फलफूल तथा तरकारी खेती र बिबिध उद्योग, आयुर्वेदिक उपचारका साथै पर्यटकका लागि होमस्टेको व्यवस्थापन समेत गर्न लागेको छ ।
थप जानकारीको लागि भोज भागिरथी ट्रष्टको वेबसाइट चेक गर्नु होला । www.bbtrust.org.np