बारा । बाराकाे क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर बारा जिल्लाका नेपाल–भारत सीमानाका आजदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।
त्यसैगरी मतगणना सम्पन्न नभएसम्म जिल्लाभरी मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्लाको हुलाकी राजमार्गमा शनिबार मध्यरातदेखि आइतबार साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी आवागमन बन्द गरिएको छ ।
एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ ।