पोखरा । २०८० साल बैशाख १ गतेको दिन कौशिक गोत्रीय रेग्मी बन्धु समाजको केन्द्रिय कमिटीको पूर्ण बैठक पोखराको जल महल रिसोर्टको हलमा सम्पन्न भयो । त्यसको लगतै सोहि रिसोर्टको हलमा ३५० जना भन्दा बढी रेग्मी बन्धुहरुको उपस्थितिमा समाजले पहिलो पटक संकलन गरेको रेग्मिहरुको वंसावलीको पहिलो संस्करणको लोकार्पण गरिएको थियो ।
प्रतिकूल मौसमको कारणले पोखराको हवाई उडान रद्द भएकाले कार्यक्रममा आमन्त्रित संस्थाका संरक्षक, पुर्व मन्त्रि परिषदका अधक्ष्य तथा प्रधान न्यायाधीश सम्मानीय खिलराज रेग्मीज्यूबाट भर्चुवल तरिकाले शुभकामान ब्यक्त गर्नु भएको थियो ।
संस्थाका सल्लाहकार परिषदका प्रमुख, लोकसेवा आयोगका अधक्ष्य माननीय माधव प्रसाद रेग्मीज्यूबाट वंसावलीको लोकार्पण भएको थियो भने पुर्व सचिव तथा संस्थाका सल्लाहकार इ. शितलबाबु रेग्मी लगायत संस्थाका सम्पूर्ण केन्द्रीय पदाधिकारीको उपस्थिति थियो ।
उक्त कार्यक्रममा रेग्मी बन्धु समाजलाई जग्गा दान गर्ने तिर्थराज रेग्मी (चितवन) र मदनराज जोशी रेग्मी (बझांग) लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको बिचमा विविध हास्यव्यङ्ग कार्यक्रम पनि गरिएको थियो साथै रेग्मी बन्धु समाजको २०८० सालको क्यालेन्डर पनि वितरण गर्नको साथै नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरिएको थियो ।