काठमाडौँ । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको दोस्रो वार्षिक साधारण सभा आज (शुक्रवार) काठमाडौँमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि समाजका संरक्षक सम्माननीय पूर्व मन्त्रीपरिषदका अध्यक्ष एवं पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीज्यू विशेष अतिथिज्यूका रूपमा उपस्थित हुनु भयो ।
सो कार्यक्रम नयाँ बानेश्वोर थापागाउँस्थित समाजको कार्यालयको छेउमा रहेको काठमाडौं ब्यांङ्क्वेटको सभाकक्षमा आयोजना गरेको थियो । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको अध्यक्ष श्री निलप्रसाद रेग्मीज्युले दोस्रो वार्षिक साधारण सभाको वार्षिक कार्यक्रम तथा प्रगती प्रतिवेदन प्रस्तुति गर्नु भयो ।
त्यस्तै सो कार्यक्रममा अतिथिज्यूहरू, सल्लाहाकारज्यूहरू, उपस्थित विशिष्ट व्यक्तित्वहरू, आजीवन सदस्य तथा साधारण सदस्यज्यूहरू, सभामा उपस्थित प्रतिनिधिज्यूहरू उपस्थित सम्पूर्ण सहभागी रेग्मी बन्धुहरू, महिला तथा सज्जनवृन्दहरुको उपस्तिथी रहियो ।
अध्यक्ष श्री निलप्रसाद रेग्मीज्यूले कौशिक गोत्रीय रेग्मी बन्धु समाज, केन्दीय कार्य समितिको तर्फबाट र समितिको अध्यक्षको तर्फबाट तथा वहाको व्यक्तिगत तर्फबाट यथोचित अभिवादन टक्र्याउँनु भयो ।
छलफलका विषयहरु:
१. आ.व.२०७९/०८० को अध्यक्षज्यूले पेश गर्नुहुने प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
२. आ.व.२०७९/०८० को कम्पनीकातर्फबाट लेखापरीक्षकज्यूले पेश गर्नुहुने वासलात सहित लेखा परीक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा |
३. आ.व.२०८०/०८१ का निम्ति लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४. आ.व.२०७९/०८० का अवधिमा संचालक समितिले गरेका निर्णयहरु, संचालक
समितिले पारित गरेको विनियम तथा कार्यविधिलाई अनुमोदन गर्न सम्बन्धमा ।
५. विविध