काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुने भएको छ ।
लामिछानेले आफुविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।
यस मुद्धाका कारण लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएपनि स्वत: सांसदबाट निलम्बित हुने अवस्था रहेको थियो ।



