काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ललितपुर-३ की उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।
उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु, उनले भनिन् ।
आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र सुधार रहेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य बीमालाई सबै नेपाली नागरिकसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।



