काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्रीले कुल ४२,३३४ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतलाई ३१,३६८ मतको विशाल अन्तरले पराजित गरेका छन् । बस्नेतले १०,९६६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणा ८,४०१ मतका साथ तेस्रो स्थानमा रहेका छन् । खत्रीको यो जितलाई भक्तपुरमा रास्वपाको बलियो उदयका रूपमा हेरिएको छ ।



