Khaptad Organic Nepal

काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपमा नेपालले आज आफ्नो तेस्रो प्रतिस्पर्धा साउदी अरेबियासँग गर्दैछ ।

क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि यो खेल सुरु हुने तालिका रहेको छ । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपाली टोलीले यसअघिका दुवै खेलमा सहज जित दर्ता गरिसकेको छ । पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ साउदी अरेबियाले भने आफ्ना अघिल्ला तीन खेलमध्ये एकमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

समूह चरणको चौथो खेल नेपालले आगामी सेप्टेम्बर ८ मा हङकङ चाइनाविरुद्ध खेल्नेछ । यस प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै छनोट हुने अवसर पाउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय मजबुत टोली मलेसिया पठाएको छ । टोलीमा असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा समावेश छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।