- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको यो नीति राष्ट्र बैंकको २५ औँ मौद्रिक नीति हो । यस पटकदेखि बैंकले मौद्रिक नीतिको आधार र विस्तृत विश्लेषणका लागि समीक्षा प्रतिवेदन र म्याक्रोइकोनोमिक रिपोर्ट छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गर्न थालेको छ । नयाँ मौद्रिक नीतिले सरकारको ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सघाउन सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । विश्व भूराजनीतिक तनावका कारण आपूर्तिमा अवरोध भई मुद्रास्फीतिमा चाप परेको भए पनि आगामी आर्थिक वर्षमा यसलाई ५.५ प्रतिशतभित्रै राख्ने प्रक्षेपण बैंकको छ । चालू वर्षको वैशाखमा मुद्रास्फीति…
नवलपरासी (पश्चिम) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ तारेभिरमा एउटा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट गुडिरहेको ना.६ ख ३४६० नम्बरको ट्रक ठोक्किएर उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंकी ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, चितवन पदमपुरकी ६५ वर्षीया यनु मगर र बुटवलका ४० वर्षीय रुप गुरुङ घाइते भएका छन् । यस्तै भ्यान चालक बुटवलका ४४ वर्षीय कृष्ण थापा, सहचालक ३५ वर्षीय गोविन्द थापा, गुल्मीका २१ वर्षीय किरण मुखिया, बुटवलकै २८ वर्षीय प्रकाश भट्टराई…
रौतहट । गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ । आर्थिक वर्ष २०७६/७७ मा समनपुर नाकाबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरणको आय ठेक्कामा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मङ्गलबार आरोपपत्र दायर गरेको हो । मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि.का मुख्य व्यक्ति राधेश्याम साह रहेका छन् । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि राजस्व…
झापा । सरकारी अड्डाहरूले दिने सेवाको गुणस्तर नाप्न अब कागजपत्र मात्र हेरेर नपुग्ने भन्दै गृहमन्त्री सुधन गुरुङले सिधै नागरिकसँग प्रतिक्रिया लिन थाल्नुभएको छ । सोमबार साँझ झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उहाँले यस्तो शैली अपनाउनुभएको हो । कार्यालय समय सकिएपछि त्यहाँ पुग्नुभएका गृहमन्त्रीले कर्मचारीसँग सरकारी प्रतिवेदन माग्नुको साटो प्रशासनको ढड्डामा रहेका सेवाग्राहीका फोन नम्बरमा आफैं कल गर्नुभयो । उहाँले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाएर फर्किएका सर्वसाधारणलाई फोन गरेर कार्यालयको ढिलासुस्ती र कर्मचारीको व्यवहारबारे सोधपुछ गर्नुभएको थियो । सेवा लिन कति समय लाग्यो र कसैले दुःख दियो कि दिएन भनी उहाँले बुझ्नुभयो । सेवाग्राहीका कुरा सुनेपछि गृहमन्त्री…
काठमाडौँ । राहदानी (पासपोर्ट) छपाइमा भएको भनिएको अनियमितताको विषयमा संसदीय समितिमा छानबिनको माग गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले यो विषय उठाउँदै तत्काल अनुसन्धान अघि बढाउन माग गरेका हुन् । बैठकमा रास्वपा सांसद जनकराज जोशीले राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको दाबी गर्दै यसलाई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको गम्भीर मुद्दाका रूपमा प्रस्तुत गरे । उनले गृह मन्त्रालयबाट राहदानी विभागसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन, महालेखा परीक्षकको कार्यालयमार्फत विशेष लेखापरीक्षण गराउन र स्वतन्त्र प्राविधिक समीक्षा समिति गठन गर्न माग राखे ।…
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुँदैछ । बजेट प्रस्तुत भएपछि सत्तापक्षका दलहरूबीच नै असमझदारी बढेका कारण लामो समयसम्म संसद् चल्न सकेको थिएन । आन्तरिक विवादका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार आजको बैठकमा चालू आर्थिक वर्षको बजेट तथा बजेटसँग आश्रित विनियोजन विधेयकहरू टेबल गर्ने मुख्य कार्यसूची तय गरिएको छ । यसका साथै बैठकमा महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने तयारी छ…
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाका तीनवटा विषयगत समितिका बैठकहरू आज एकैदिन बस्दैछन् । संसद् सचिवालयका अनुसार सोमबार बिहानदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ । उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिवलाई समेत आमन्त्रण गरिएको छ । यस्तै, बिहान ९ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकले समितिको आन्तरिक कार्यविधि पारित गर्ने तयारी गरेको छ…
काठमाडौँ । मिकेल मेरिनोले अतिरिक्त समयको सुरुवातमै गरेको उत्कृष्ट गोलको मद्दतले स्पेन फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डलासमा भएको रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पाखा लगाएको हो । दोस्रो हाफमा दुवै टोलीले खासै राम्रो अवसर बनाउन नसके पनि ९१औँ मिनेटमा फेरान टोरेसको पासलाई वैकल्पिक खेलाडी मेरिनोले पोस्टको दिशा दिँदै स्पेनको जित सुनिश्चित गरे । यो जितसँगै स्पेनले सन् २०१० को विश्वकपमा पोर्चुगलमाथि हात पारेको १-० को ऐतिहासिक नतिजा पुनः दोहोर्याएको छ । अब स्पेनले सेमिफाइनल प्रवेशका लागि आयोजक संयुक्त राज्य अमेरिका वा बेल्जियमबीचको विजेतासँग लस एन्जलसमा प्रतिस्पर्धा गर्नेछ । यस पराजयसँगै पोर्चुगिज फुटबलका भेट्रान खेलाडी…
काठमाडौँ । भूमिहीन तथा सुकुम्बासी नागरिकको व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आरोप लगाएको छ । रास्वपाकी सचेतक एवं सांसद क्रान्ति सिखा धितालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको हो । सुकुम्बासी समस्या समाधानका लागि सरकारले आवश्यक संवेदनशीलता, ठोस योजना र जिम्मेवारीबोध देखाउन नसकेको उहाँको टिप्पणी छ । अहिलेको भद्रगोल अवस्थाले राज्यको कमजोरी र असक्षमतालाई प्रष्ट पारेको दाबी गर्दै धितालले सडकमा रहेका सुकुम्बासीहरूको आँसुले राज्य सञ्चालकहरूलाई पोल्नुपर्ने बताउनुभयो । उहाँले नागरिकका दुःखप्रति सरकार मूकदर्शक बनेको भन्दै अभिभावकीय भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ ।
काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भेगमा सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी भेगमा सरदर स्थानको आसपासमै रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली भएको छ भने मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशका पहाडी तथा…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
