Author: khaptadm-admin

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का समयमा समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन र सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार तथा सञ्चारमाध्यमहरूलाई कडा निर्देशन दिएको छ । काउन्सिलद्वारा जारी ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ अनुसार सबैभन्दा पहिला समाचार सार्वजनिक गर्ने होडभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिनुपर्नेछ । मृत्यु, घाइते, बेपत्ता, भौतिक क्षति र उद्धारसम्बन्धी समाचार विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र प्रकाशन गर्न भनिएको छ । निर्देशिकामा क्षतविक्षत शव, अत्यधिक रक्ताम्मे दृश्य, मृतकको अनुहार, गम्भीर घाइतेका पीडादायी दृश्य तथा शोकमा परेका परिवार र बालबालिकाका निजी दृश्य प्रसारण नगर्न भनिएको छ ।…

Read More

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी केही दिन धेरैजसो स्थानमा मौसम बदली भई वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरिएकाले वर्षाको प्रभाव बढेको हो । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली, मधेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि पानी परिरहेको छ । आज दिउँसो पहाडी र हिमाली क्षेत्रका धेरैजसो भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा…

Read More

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १,२९४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो संख्यामा शवहरू बरामद भएको तथ्य सार्वजनिक गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्‌मा परी ५,०५३ जना अझै बेपत्ता छन् भने हालसम्म १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ । प्रवक्ता महतले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरहरूमा अहिले ४,६२७ जना विस्थापितहरूले आश्रय लिइरहेको जानकारी दिए । प्रारम्भिक विवरण अनुसार बाढीले ७,५७० वटा घरहरू पूर्ण रूपमा ध्वस्त पारेको छ भने कुल ३२,९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । भौतिक पूर्वाधारतर्फ…

Read More

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रधानमन्त्री बालेन शाहले रसुवा–भोटेकोशी क्षेत्रका बाढी प्रभावित बालबालिकाप्रति विशेष सहानुभूति व्यक्त गर्दै सरकार उनीहरूको साथमा रहेको आश्वस्त पारेका छन् । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री शाहले जन्माष्टमीका दिन धेरै बालबालिका कृष्ण र राधाको पहिरनमा सजिएर खुसी मनाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने ठूलो पीडामा दिन बिताउन बाध्य भएको उल्लेख गरेका छन् । बाढीका कारण धेरैले अभिभावक तथा आफन्त गुमाएको र उनीहरूको घर, बस्ती र खेल्ने मैदानसमेत नासिएको उनले बताए । विपद्को असरका कारण केही बालबालिका अझै पनि मानसिक रूपमा स्तब्ध रहेको उहाँको भनाइ छ । विपद् पछि सञ्चालन गरिएको उद्धार कार्यमा गम्भीर घाइते, गर्भवती,…

Read More

काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको हेरफेर गर्दै ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पदस्थापन र कुल ५८ जना अधिकारीको सरुवा गरेको छ । पछिल्लो निर्णयअनुसार दैलेख र गुल्मीका सीडीओहरूको आपसमा जिम्मेवारी साटफेर गरिएको छ, जसअनुसार सहसचिव बद्रीनाथ गैह्रेलाई गुल्मी र सहसचिव आनन्द शारुलाई दैलेख पठाउने निर्णय भएको छ । त्यस्तै, रोल्पाका सीडीओ सहसचिव वासुदेव दाहाललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिएको छ । यसका साथै गृह मन्त्रालयले सातवटा जिल्लामा उपसचिव स्तरका कर्मचारीलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ । यसबाहेक विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अन्य प्रशासनिक भूमिकामा कार्यरत ४८ जना उपसचिवहरूको समेत…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका दुई जनाको उद्धार गरी उपचार प्रक्रिया अघि बढाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विज्ञहरूको संयुक्त टोलीले आयोजनाभित्र फसेका उनीहरूलाई जीवितै बाहिर निकाल्न सफल भएको हो । उद्धार गरिएकामध्ये दोस्रो पटक बाहिर निकालिएका कबीर महर्जनको स्वास्थ्य स्थिति गम्भीर रहेको छ । उनलाई तत्कालै काठमाडौँ ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै, पहिलो चरणमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य र स्थिर छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहे तापनि विस्तृत…

Read More

काठमाडौँ । बाटो अवरुद्ध भएपछि वैकल्पिक पर्यटकमार्ग प्रयोग गर्दा ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको जनाउँदै ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाका दरले एलपी ग्यासको मूल्य बढाएका छन् । मुख्य राजमार्ग बिग्रिएर लामो र अप्ठ्यारो बाटोबाट ग्यास ओसारपसार गर्नुपरेकाले यो निर्णय लिनुपरेको ग्यास उद्योग संघले जनाएको छ । संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च थपिएको छ । यद्यपि, उपभोक्तालाई पर्ने भार कम गर्न बढेको सम्पूर्ण रकम नजोडी प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मात्र समायोजन गरिएको उनको दाबी छ । ग्यासको अन्तर्राष्ट्रिय वा आधारभूत खरिद मूल्य स्थिर रहे पनि केवल ढुवानी…

Read More

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको २३ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेकी एरिका गुरुङ र बक्सिङका चन्द्रबहादुर थापा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । भृकुटीमण्डपस्थित एनपीसीको ब्लू पभेलियन हलमा बिहीबार आयोजित विशेष समारोहमा एरिकाले लगातार तेस्रो पटक महिलातर्फको अवार्ड आफ्नो नाममा पारिन् भने चन्द्रबहादुर पुरुषतर्फ वर्ष खेलाडी बने । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै रजत र स्वर्णसहित आधा दर्जन पदक जितेकी एरिकाले सन्तोषी श्रेष्ठ, सानुमाया थिङ, सविना श्रेष्ठ र सावित्रा भण्डारीलाई पछि पारिन् । यता आइबा विश्व च्याम्पियनसिपमा कांस्य पदक जितेर इतिहास रचेका चन्द्रबहादुरले दीपेन्द्रसिंह ऐरी, सोमबहादुर कुमाल, प्रदीप बैजाली मगर…

Read More

काठमाडौँ । भोटेकोशी बाढीपछि उत्पन्न संकटमा नेपाललाई विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट निरन्तर राहत, आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि छिमेकी देशहरू भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशले खाद्यान्न, उद्धार सामग्री र प्राविधिक सहयोग उपलब्ध गराएका हुन् । भारतले हालसम्म पाँच चरण गरी ७४ टन सामग्री र विज्ञ टोली पठाएको छ भने चीनले ३० करोड रुपैयाँका साथै ५० टन राहत सामग्री पठाएको छ । प्रभावित स्थानमा शीघ्र यातायात सञ्चालन गर्न चीनसँग ३० वटा बेलीब्रिजका लागि अनुरोधसमेत गरिएको छ । त्यस्तै पाकिस्तानबाट ८६ टन राहत सामग्री आउने…

Read More

काठमाडौँ । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मनुभएका भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । ज्ञान, कर्म र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको रातलाई ‘मोहरात्री’ का रूपमा समेत चिनिन्छ । आजका दिन श्रद्धालुहरू कृष्ण मन्दिरहरूमा गएर पूजा-आराधना, भजनकीर्तन गर्ने तथा व्रत बसी रातभर जाग्राम बस्ने गर्दछन् । संसारलाई अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा प्रकट हुनुभएका श्रीकृष्णले मानव जातिलाई सधैँ सत्य र धर्मको मार्गमा हिँड्न प्रेरणा दिएका थिए । महाभारतको युद्धमा पाण्डवपुत्र अर्जुनलाई उहाँले दिएको उपदेश नै ‘श्रीमद्भागवतगीता’ का रूपमा प्रसिद्ध छ, जसलाई विश्वकै धेरै भाषामा अनुवाद गरिएको पवित्र ग्रन्थ मानिन्छ…

Read More