Author: khaptadm-admin

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी प्रणालीको प्रत्यक्ष असर कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा तथा पूर्वतर्फ औसत स्थानकै आसपासमा अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर सामान्यतया बादल लागिरहनेछ । उच्च हिमाली भेगका केही स्थानहरूका साथै पहाडी क्षेत्रका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी बागमती, गण्डकी,…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई सरकारले जोखिम भत्ता एवं खाजा खर्च उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार टोलीको मनोबल उच्च राख्न र परिचालनलाई थप प्रभावकारी बनाउन उक्त निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयबाट पेश भएको उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्दै उद्धार तथा खोजीका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छ । यसका साथै विपद् व्यवस्थापनका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवकको ज्यान गएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत…

Read More

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि आपत्कालीन सहायता स्वीकार गर्नेदेखि विभिन्न राहत, सहुलियत र सार्वजनिक बिदासम्बन्धी मुख्य सात निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णयहरू निम्नअनुसार छन्: १. एडीबीको अनुदान सहायता स्वीकार: भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा, तत्कालीन आपत्कालीन उद्धार तथा राहत कार्यका लागि एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । २. व्यवसाय पुनर्स्थापना र कर सहुलियत: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मृतकहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढी पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तय गरिएको हो ।

Read More

काठमाडौँ । रसुवागढीस्थित नेपाल–चीन सीमाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको अभूतपूर्व बाढी र त्यसले पुर्‍याएको क्षतिको विवरण सरकारले काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई गराएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उद्धार, राहत तथा बेपत्ता नागरिकको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी दिएका हुन् । मन्त्री खनालका अनुसार केही मिनेटमै आएको लेदो र ढुंगामाटोसहितको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भारी क्षति पुर्‍याएको छ । हालसम्म १ हजार २०४ जनाको शव फेला परेको र करिब ४ हजार २०० जना अझै बेपत्ता रहेको तथ्यांक उनले प्रस्तुत गरे । उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३००…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार हालसम्म विभिन्न जिल्लाबाट १ हजार २५२ जनाको शव फेला परिसकेको छ । बाढीको प्रभाव परेका क्षेत्रहरूमध्ये चितवनमा सबैभन्दा बढी ३५५ जनाको शव भेटिएको छ भने नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । बरामद भएकामध्ये अहिलेसम्म ९५ जनाको मात्र पहिचान खुलेर शव आफन्तको जिम्मा लगाइएको छ । यसैबीच बाढी तथा विपद्का घटनामा परी ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको…

Read More

काठमाडौँ । पृथ्वीको औसत तापक्रम कम्तीमा १.८ डिग्री सेल्सियससम्म पुग्ने जोखिम बढेसँगै जलवायु संकट थप चर्कने देखिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यति मात्रामा तापक्रम बढेमा हिमाली क्षेत्रका हिमनदी द्रुत गतिमा पग्लिने, समुद्री सतह उकासिने र तटीय क्षेत्रका सहरहरू जोखिममा पर्नेछन् । सन् २०१५ को पेरिस सम्झौताले निर्धारण गरेको १.५ डिग्री सेल्सियसको सुरक्षित सीमा नाघिसकेको अवस्थामा हरेक थप वृद्धिले चरम मौसम र पारिस्थितिक प्रणालीमा अपूरणीय क्षति पुर्‍याउने चेतावनी दिइएको छ । प्रतिवेदन अनुसार औद्योगिक क्रान्तिअघिको तुलनामा तापक्रम ३ डिग्री सेल्सियससम्म बढेमा यो शताब्दीको अन्त्यसम्ममा विश्वका एक चौथाइभन्दा बढी हिमनदी बिलाउनेछन्, जसका कारण समुद्री सतह…

Read More

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्य गरी तीन विषयमा छलफल तथा प्रस्ताव पेस हुने भएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा बालश्रमसम्बन्धी विधेयकका साथै भारतसँगको विद्युत् व्यापार र सामुद्रिक जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष पेस गर्ने कार्यक्रम छ । त्यस्तै कानुन, न्याय…

Read More

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका तीनवटा विषयगत समितिले आफ्ना विभिन्न कार्यसूचीमाथि छलफल गर्न आज बैठक बोलाएका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदनको मस्यौदाबारे सदस्यहरूबीच छलफल हुने कार्यक्रम रहेको छ । यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची छ । यसैगरी, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछि भइरहेको…

Read More

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ । मलेसियाको बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । अर्कोतर्फ मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियामाथि ९३ रनको फराकिलो जित दर्ता गरेको थियो । समूह ‘ए’ मा नेपाल, मलेसिया र हङकङले आ-आफ्नो पहिलो खेल जित्दै अघिल्लो यात्रा बलियो बनाएका छन् । यस समूहमा साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा पराजय व्यहोरेको छ । नेपालले आफ्नो तेस्रो खेल सेप्टेम्बर ६…

Read More