Author: khaptadm-admin

काठमाडौँ । देशैभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ । हाल कोशी प्रदेशको तराईका क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू-भागमा साधारणतया बदलीको अवस्था छ । बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन…

Read More

काठमाडौँ । राजधानी भित्रिने मुख्य ढोका नागढुंगा–नौबिसे सडक खण्डको पातले वन नजिकै सडक दबेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ । संरचनात्मक जोखिमका कारण उक्त क्षेत्रमा अहिले एकतर्फी मात्रै गाडी चलाउन दिइएको छ । सडक विभागका अनुसार हाल इन्धन बोकेका ट्यांकरलाई मात्र यो बाटो भएर जान दिइएको छ भने अन्य सवारीसाधनलाई नागढुंगा सुरुङमार्गबाट पठाउने प्रबन्ध मिलाइँदै छ । वर्षौँ पुरानो टेवा पर्खाल भत्किँदा सडक भासिन पुगेको विभागको प्रारम्भिक अनुमान छ । क्षतिबारे अध्ययन गर्न र मर्मतको योजना बनाउन प्राविधिक टोली प्रभावित स्थलमा खटिसकेको छ । सडक पूर्ण रूपमा सुधार नभएसम्म यात्रुहरूलाई सुरुङमार्गको प्रयोग गर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ ।…

Read More

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मङ्गलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ ।

Read More

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले नयाँ पदाधिकारी पाएको छ । प्रतिष्ठानको रिक्त पदहरूमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको नियुक्ति प्रक्रिया पूरा भई उनीहरूले जिम्मेवारी सम्हालेका हुन् । नयाँ नियुक्तिअनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बु चयन भएका छन् । नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । शपथ ग्रहणपछि उनीहरूले प्रतिष्ठानको समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने, प्रशासनिक कार्यलाई चुस्त बनाउने र अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवं प्रभावकारी बनाउन केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सैनिक शैलीको हरियो पोसाक लगाएर उद्धार कार्यमा खटिएका स्वयंसेवकहरूको टोलीले पछिल्लो समय सर्वसाधारणको ध्यान तानेको छ । पोसाकमा ‘आर्मी’ लेखिएको र टोली कडा अनुशासनमा खटिएको देखिएपछि धेरैले उनीहरूलाई नेपाली सेना वा सुरक्षा निकायका जवान ठानेका थिए । तर, यो टोली ‘ग्रीन आर्मी नेपाल’ नामक गैरसरकारी स्वयंसेवी संस्था भएको खुलेको छ । गोकर्णेश्वर नगरपालिकामा दर्ता भई वातावरण संरक्षण र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको यस संस्थाका संस्थापक अध्यक्ष सविन शर्मा रहेका छन् । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मुख्य सल्लाहकार रहेको यस संस्थाले विशेषगरी युवाहरूलाई सामाजिक सेवामा जोड्दै विपद्का बेला राज्यका निकायलाई सहयोग गर्दै…

Read More

काठमाडौँ । संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ, जसमा पर्यटन क्षेत्रको क्षति र कानुन संशोधन सम्बन्धी विधेयक मुख्य एजेन्डा रहेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा पछिल्लो समय रसुवामा आएको बाढीपहिरोका कारण त्यस क्षेत्रको पर्यटन व्यवसाय र पूर्वाधारमा पुगेको असरबारे विस्तृत छलफल हुने बताइएको छ । यसैगरी, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ। सो बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

Read More

काठमाडौँ । बाढीबाट प्रभावित भएका क्षेत्रहरूमा राहत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु एक अर्ब रकम निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा बसेको बैठकले उक्त बजेट विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने सहमति जनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार एभरेष्ट बैंकको सिंहदरबार शाखामा रहेको कोषको मौज्दात रकम स्थानान्तरण गरिएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । यो रकम मुख्यगरी सडक, बिजुली, खानेपानी र सञ्चार जस्ता अत्यावश्यक सेवा मर्मत गर्न, अस्थायी विद्यालय तथा स्वास्थ्य चौकी निर्माण गर्न र पीडित परिवारलाई खाद्यान्न…

Read More

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक बुधबार अपराह्न आह्वान गरिएको छ । कार्यव्यवस्था परामर्श समितिले अघिल्लो दिन तय गरेको कार्यसूची अनुसार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुनेछ । बैठकको मुख्य कार्यसूचीका रूपमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्नेछन् । यसअघि गत भदौ १० गते भोटेकोशीमा भीषण बाढी आएकै दिन प्रतिनिधि सभाको बैठक बसेको थियो । संसद सचिवालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती तथा नुवाकोट,…

Read More

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले तीनवटा एक दिवसीय (५० ओभर) अभ्यास खेल खेल्ने तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाल ‘ए’ ले आज पहिलो खेलमा तास्मानियाको टोलीको सामना गर्दैछ । त्यसपछि सेप्टेम्बर ४ (बुधबार) साउथ अस्ट्रेलिया र सेप्टेम्बर ६ (आइतबार) न्युजिल्यान्ड ‘ए’ सँग भिड्नेछ । यसअघि आयोजित ‘टप एन्ड’ टी–२० सिरिजमा भने नेपाल ‘ए’ को प्रदर्शन निराशाजनक रहेको थियो । खेलेका ६ मध्ये २ खेलमा जित र ४ खेलमा हार व्यहोर्दै टोली समूह चरणबाटै बाहिरिएको थियो । अस्ट्रेलिया भ्रमणमा रहेको अनिलकुमार साह (कप्तान) नेतृत्वको १५ सदस्यीय नेपाली टोलीमा त्रितराज दास, मयन यादव,…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास अवस्थित छ । आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशको हिमाली भू–भागका केही र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको आकलन छ । देशका हिमाली…

Read More