Author: khaptadm-admin

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले त्यसको प्रत्यक्ष असर मौसममा देखिएको हो । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै ठाउँहरूमा अनि मधेश र कोशी प्रदेशका तराई भेगका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा जलसतह एक्कासि बढेपछि आसपासका तटीय क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ । बाढीको बहाव थप तीव्र बनेको खबर आउनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय बासिन्दा र उद्धारकर्मीहरूलाई सुरक्षित रहन कडा निर्देशन दिएको छ । बिहान ७:२० बजेको अद्यावधिक विवरणअनुसार रसुवासहित नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी, राहत टोली तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ । प्राधिकरणले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र नयाँ जानकारी प्राप्त हुनासाथ सूचना जारी गर्ने स्पष्ट पारेको छ।

Read More

काठमाडौँ । धान रोपाइँ सम्पन्न भएको खुसीयालीमा आज देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइँदै छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको यो जात्रा परम्परागत रूपमा गाईजात्राको भोलिपल्ट मनाउने प्रचलन रहँदै आएको छ । रोपाइँ सकिएको थकाइ मेट्न र खुसीयाली बाँझ्नका लागि मनाइने यस पर्वमा मानिसहरू खेत (ज्युला) मा भेला भई असारे गीत गाउँदै, नाच्दै र बाजागाजाका साथ रमाउने गर्दछन् । जात्राका क्रममा रोपाइँको मालिकलाई हिलोमा डुबाउने अनौठो र रमाइलो परम्परा धेरैतिर विद्यमान छ । सोह्रौँ-सत्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वमा प्रत्येक घरका सदस्यहरू हली, बाउसे, र रोपाहारजस्ता विभिन्न भेषभूषामा सजिएर अभिनयात्मक झाँकीसहित सहभागी हुने गर्दछन् । नेपालका पश्चिमी जिल्लाहरूमा…

Read More

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट पुगेको ठूलो क्षति व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्ने घोषणा गरेको छ । महानगरको ५७औँ कार्यपालिका बैठकले विपद् प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाका लागि कुल ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सहयोग रकममध्ये ३ करोड रुपैयाँ महानगरको विपद् व्यवस्थापन कोषबाट व्यहोरिनेछ । बाँकी रकम जुटाउन कार्यपालिका सदस्यहरूले १ महिनाको तथा वडा सदस्यहरूले ५ दिनको सुविधा बराबरको रकम योगदान गर्नेछन् । यस्तै, शहरी योजना आयोगका पदाधिकारी र विशेषज्ञहरूबाट ७ दिनको पारिश्रमिक लिइनेछ । कर्मचारीहरूतर्फ अधिकृत स्तरका कर्मचारीबाट ७ दिन, सहायक स्तरबाट ५ दिन र…

Read More

काठमाडौँ । बाढीका कारण लेदो र माटोले पुरिएर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार प्रयासमा केही प्रगति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले शनिबार बिहानैदेखि सुरुङको लेदो पन्छाउँदै ड्रिलिङ जारी राखेकोमा अहिले सुरुङको माथिल्लो भाग (क्राउन) पत्ता लागेको छ । क्राउन पहिचान भएसँगै सोही बाटोबाट सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी भइरहेको छ । क्यामेरामार्फत भित्रको अवस्था नियाल्ने र ड्रिल गरिएको प्वालबाट अक्सिजन पुर्‍याएर फसेका व्यक्तिहरूलाई सुरक्षित राख्ने रणनीति अपनाइएको छ । उद्धार टोलीले अक्सिजन तथा प्राविधिक उपकरण भित्र पठाउँदै लेदो पन्छाउने र बाटो खोल्ने काम निरन्तर गरिरहेको…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी क्षेत्रमा सरदर स्थान वरपर नै अवस्थित छ । यसका कारण देशभरको मौसम सामान्यतया बदली बनेको छ । अहिले बागमती प्रदेशका केही स्थानका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ । देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

Read More

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोगी हातहरूसँग त्रिपाल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन अपिल गरेको छ । राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन तोकिएका निकाय तथा सम्पर्क व्यक्तिहरूसँग पूर्वसमन्वय गरेर मात्र सामग्री पठाउन प्राधिकरणले आग्रह गरेको छ । प्रभावित परिवारका लागि तत्काल त्रिपाल, कम्बल, म्याट, कपडा र ग्यास सिलिन्डरसहितको भान्साका सामान आवश्यक परेको छ । यसका साथै सरसफाइ सामग्री, महिला तथा बालबालिकाका लागि आवश्यक सामान, सौर्य बत्ती, पावर बैंक, चामल, दाल र बिस्कुट जस्ता खाद्यान्न र आपत्कालीन आउजाउका लागि…

Read More

काठमाडौँ । चीनतर्फ नदी थुनिएर बनेको ताल फुटेर भोटेकोशीमा जुनसुकै बेला भीषण बाढी आउन सक्ने खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाले भूउपग्रह तस्बिर र चिनियाँ अधिकारीहरूबाट प्राप्त सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु र उद्धारकर्ताहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएको स्थानमा बनेको तालको आकार निरन्तर बढ्दै गएकाले त्यो फुटेमा ढुंगा, माटो र गेग्रानसहितको ठूलो बाढी बग्न सक्ने अनुमान गरिएको छ । हाल भोटेकोशी, त्रिशूली, कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि माथिल्लो क्षेत्रको जोखिमका कारण अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन…

Read More

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरको जित यात्रा जारी रहेको छ । गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अल नासरले अल ताआउनलाई २-१ गोल अन्तरले हराउँदै जारी सिजनमा लगातार चौथो जित दर्ता गरेको हो । अल अव्वल पार्कमा खेलको ११औँ मिनेटमै बसाम अल हुरैजीले गोल गर्दै भ्रमणकारी टोली अल ताआउनलाई सुरुआती अग्रता दिलाएका थिए । अल नासरका गोलरक्षकले रोकेको प्रहार रिबाउन्ड भएपछि हुरैजीले त्यसैलाई जाली चुमाएका थिए । तर, पहिलो हाफको थप समयमा साडियो मानेको मिलाइदिएको पासमा सामु कोस्टाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अल नासरलाई १-१ को बराबरीमा ल्याए । दोस्रो हाफको पाँचौँ मिनेटमा मोहम्मद सिमाकानको प्रहारलाई क्रिस्टियानो रोनाल्डोले…

Read More

काठमाडौँ । प्राकृतिक विपत्तिका बेला बेपत्ता भएका कर्मचारीको खोजी तथा उद्धार प्रक्रियामा ढिलाइ भएको भन्दै आलोचना भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विपद्को समयमा आफ्ना सहकर्मी हराउँदा परिवार र सहकर्मीमा परेको पीडा तथा आक्रोशलाई उच्च सम्मान गर्दै प्राधिकरणले उद्धारमा कुनै पनि कसर बाँकी नराखिएको स्पष्ट पारेको छ । कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद पनि सुरक्षा निकायसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी राखिएको बताइएको छ । विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई परिवारकै सदस्यका रूपमा लिँदै उनीहरूको सुरक्षित उद्धार नभएसम्म टोली पूर्ण निष्ठाका साथ कार्यक्षेत्रमै खटिरहने प्रतिबद्धता व्यक्त गरेको छ । यस घडीमा एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा…

Read More