- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदाका दिनदेखि सुरु हुने नेवार समुदायको प्रसिद्ध परम्परागत पर्व ‘गाईजात्रा’ आजबाट विभिन्न सांस्कृतिक कार्यक्रमका साथ आठ दिनसम्म मनाइँदै छ । विगत एक वर्षभित्र ज्यान गुमाएका आफन्तको स्मृतिमा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सजाएर नगर परिक्रमा गराउने गरिन्छ । यसरी घुमाइएका मानिस तथा गाईलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, दही, अन्न र दक्षिणा दान गर्ने गर्छन् । यसरी नगर परिक्रमा गराउँदा दिवङ्गत आत्माले वैतरणी नदी सजिलै पार गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । मल्ल राजा प्रताप मल्लले छोराको शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र दुनियाँमा अरूले पनि यस्तै वियोग सहनुपर्छ भन्ने देखाउन यो पर्वको सुरुआत…
काठमाडौँ । मनसुनी वायुको निरन्तर प्रभावका कारण देशका धेरैजसो स्थानमा बदली र वर्षाको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा दर्ज भएको छ । आज दिउँसो देशभर साधारणतया बादल लागिरहनेछ । पहाडी तथा हिमाली भू-भागका धेरै…
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढी र अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गको यात्रा आज पनि प्रभावित भएको छ । सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी रहे पनि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले अर्को सूचना नआएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छी क्षेत्रसम्मका विभिन्न ठाउँमा ठूलो मात्रामा लेदो जमेर सडक पूरै ढाकिएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सडक खुलाउन निरन्तर खटिरहेको छ । यता मुग्लिन–नारायणगढ सडकखण्ड भने खुला रहे पनि पहिरोको जोखिमका कारण गाडीको आवतजावत निकै पातलो छ । सडक सुरक्षा अझै चुनौतीपूर्ण…
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका ८८३ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र थुनिएका ३५० जना मजदुर तथा स्थानीयलाई सुरक्षा निकायले सुरक्षित रूपमा बाहिर निकालेको हो । प्रतिकूल मौसम र नदीको उच्च बहावका बीच सैन्य टोलीले टनेलभित्र उद्धार कार्य चलाएको थियो। टनेलमा अझै १०० भन्दा बढी व्यक्ति रहेको र उनीहरूको उद्धारका लागि त्रिशुलीस्थित नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल मुख्यालयबाट जमदार भक्तजन बस्नेतको नेतृत्वमा टोली खटिएको छ । यस्तै धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसी क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा…
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू अझै सम्पर्कविहीन रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा ३२ देशका कुल ६६७ जना पर्यटक र नेपाली नागरिकहरू सम्पर्कमा आउन सकेका छैनन् । भोटेकोशीमा अचानक आएको बाढीका कारण तटीय तथा आसपासका क्षेत्रमा पुगेका यात्रु एवं पर्यटकहरू प्रभावित भएका हुन् । उद्धार तथा खोजी कार्य जारी रहे पनि भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद भएका कारण उनीहरूको अवस्था अज्ञात रहेको छ । पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी भारतीय र त्यसपछि नेपाली नागरिक छन् । सुरक्षा निकाय तथा स्थानीय…
काठमाडौँ । सनातन धर्मावलम्बीहरूले आज देशभर नयाँ जनै फेर्नुका साथै रक्षासूत्र बाँधेर जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणी पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । वैदिक परम्पराअनुसार बिहानै नदी, ताल, तलाउ तथा धार्मिक कुण्डहरूमा पुगेर स्नान गरी गुरु पुरोहितको हातबाट मन्त्रिएको डोरो बाँध्ने गरिन्छ। सत्ययुगमा दानवराज बलिलाई गुरु बृहस्पतिले रक्षा विधानद्वारा बाँधेर देवगणको रक्षा गरेको पौराणिक प्रसङ्गलाई स्मरण गर्दै रक्षाबन्धन गर्ने प्रचलन रहिआएको हो । यसै अवसरमा तागाधारीहरूले दत्तिउन, गोबर र खरानी लगाएर ‘श्रावणी स्नान’ गरी कश्यप, अत्रि, वशिष्ठसहित सप्तऋषि र अरुन्धतीलाई तर्पण दिँदै नयाँ यज्ञोपवीत धारण गर्छन् । आजको दिन ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेको क्वाँटी खाने विशेष परम्परा…
काठमाडौँ । जनैपूर्णिमाका अवसरमा देशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने मौसमको पूर्वसूचना लिएर मात्र निस्कनुहोला । जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम पूर्वानुमान जारी गर्दै विभिन्न तीर्थस्थल र पर्यटकीय क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उच्च हिमाली धार्मिक क्षेत्र रसुवाको गोसाइँकुण्ड र सिन्धुपाल्चोकको पाँचपोखरीमा आज दिउँसो अपराह्नपछि धेरैजसो स्थानमा मध्यम वर्षा हुनेछ । यी दुवै क्षेत्रमा रातिको समयमा मध्यमका साथै एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, दोलखाको जटापोखरी क्षेत्रमा पनि आज र भोलि (शनिबार) मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहने…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकले १० बुँदे अपिल जारी गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा भएको सर्बदलीय बैठकले विद्प व्यवस्थापन बारे सर्वदलीय संयुक्त १० बुँदे अपिल जारी गरेको हो । अपिलमा रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, गगन थापा, सभापति, नेपाली कांग्रेस, पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी, शंकर पोखरेल, महासचिव, नेकपा एमाले, ध्रुव राई, श्रम संस्कृति पार्टी, राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी र चन्दन सिंह, जनमत पार्टीले हस्ताक्षर गरेका छन् । सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल नेपाल र मित्रराष्ट्र चीनको सीमावर्ती क्षेत्रबाट…
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । संघले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । यसका साथै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूलाई परिचालन गर्न छुट्टाछुट्टै समितिहरू बनाउने निर्णय…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सर्वदलीय बैठक बोलाएका छन् । संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ९ बजेका लागि तय गरिएको उक्त बैठकमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी, विस्थापितहरूको राहत र पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
