Author: khaptadm-admin

काठमाडौँ । साताको दोस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । निरन्तर दबाबमा परेको सेयर बजार ५.३० अंकले घट्दै २५९४.२७ विन्दुमा ओर्लिएर अडिएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ । कुल ३५७ कम्पनीको एक करोड ४४ लाख ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । समूहगत सूचकतर्फ विकास बैंक र निर्जीव बिमाबाहेक अन्य सबै उपसमूहका सेयर मूल्य घटेका छन् । आजको कारोबारमा सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सर्वाधिक १४.९९ प्रतिशतको उछाल आएको…

Read More

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी अनुसन्धानको कार्यशैली र सरकारको रवैयालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । प्रहरीले दुई नाबालकसहित नौ जनालाई नियन्त्रणमा लिएर अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ । तर अनुसन्धानकै क्रममा हतकडी लगाइएका १६ वर्षीय नाबालकको बयान लिँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको गोपनीयता र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ । भिडियो बाहिरिएपछि प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरीले छानबिन थालेका छन् भने भिडियो खिच्ने आरोपमा एक प्रहरीलाई पक्राउ गरिएको छ । यो विषय प्रतिनिधिसभामा समेत जोडदार रूपमा उठेको छ…

Read More

काठमाडौँ । राष्ट्रिय सभाको नियमित बैठक आज बोलाइएको छ । सङ्घीय संसद सचिवालयका अनुसार अपराह्न १: १५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

Read More

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको १८औँ बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि सोमबार दिउँसो १ बजे तय गरिएको बैठक पटक-पटक सारेर राति ८ बजे पुर्‍याइए पनि सत्तापक्षीय गठबन्धनभित्रको आन्तरिक किचलोका कारण बस्न नसकेपछि आजका लागि सारिएको हो । सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित सत्तारुढ घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेभित्र असमझदारी बढेको छ । नेकपाका केही प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित हुने चेतावनी दिएका छन् । ११० सदस्यीय प्रदेशसभामा ६ जनाले राजीनामा दिएपछि हाल कायम…

Read More

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक पेस गर्ने कार्यसूची रहेको छ । साथै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् । यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यक्रम छ । सन्धीसम्बन्धी कार्य अन्तर्गत मन्त्री सोविता गौतमले…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ । न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेकाले हाल मुलुकभर बदली हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो स्थानका साथै तराईका भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।…

Read More

सुर्खेत । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लास्थित ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा गएराति भीषण आगलागी भएको छ । राति करिब २ बजेको समयमा सुरु भएको उक्त आगलागीका कारण गाउँपालिका कार्यालयको मुख्य संरचनामा गम्भीर क्षति पुग्नुका साथै महत्वपूर्ण कागजातहरू नष्ट भएका छन् । आगलागीबाट विशेषगरी गाउँपालिकाको लेखा शाखा, न्यायिक समितिको सचिवालय तथा जिन्सी शाखामा रहेका अधिकांश श्रेस्ता, अभिलेख र प्रशासनिक फाइलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागी हुनुको स्पष्ट कारण अझै खुल्न सकेको छैन । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिसकेको छ भने क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

Read More

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने आज केही घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Read More

काठमाडौँ । कञ्चनपुरको सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गत बिहीबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेका डडेल्धुरा अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो । दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सोही दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए । महाकाली प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल लगिएका महराको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको…

Read More

सर्लाही । सर्लाहीको हरिवनबाट पैदल यात्रा गर्दै काठमाडौँ आइपुगेका वित्तीय पीडितहरूको आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले असन्तुष्टि जनाएको छ । सरकार र पीडितका प्रतिनिधिबीच हालै भएको १४ बुँदे सहमति आफूहरूलाई स्वीकार्य नभएको अभियानको भनाइ छ । अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिहरूलाई मात्र अघि बढाउँदै आन्दोलनलाई कमजोर बनाउने खेल भइरहेको दाबी गरिएको छ । तत्कालीन सरकार र प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई पन्छाएर गरिएको नयाँ सहमतिले मिटरब्याज, बैंक, सहकारी तथा लघुवित्तपीडितका वास्तविक समस्या सुल्झाउनुको सट्टा थप जटिलता निम्त्याउने अभियानले उल्लेख गरेको छ । यसैबीच अभियानले सर्वसाधारण तथा वित्तीय…

Read More