- अमेरिकाले थप आक्रमण गरे नयाँ हतियार र नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
- रसुवा बाढीको अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
- चितवनमा केराको उत्पादन बढे पनि मूल्य आधा घट्यो, बारीमै कुहिने चिन्ता
- झापाका सबै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप
- राष्ट्रसङ्घ महासभा जानुअघि प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबिच भेटवार्ता
- परराष्ट्र मन्त्रालयद्वारा ‘जलवायु कूटनीति शाखा’ स्थापना
- चलचित्र विकास बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘गौथली’को कमाइ २५ करोड नाघ्यो; बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर
- त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते
Author: khaptadm-admin
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले मुलुकका विभिन्न भागमा बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भाग,…
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचनामा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न तीव्र गतिमा काम अघि बढाएको छ । बाढीका कारण संरचनाहरू ध्वस्त हुँदा सो क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो । सेवालाई सहज र नियमित बनाउन प्राधिकरणले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्नुका साथै वैकल्पिक उपायहरूसमेत अपनाइरहेको छ । शीघ्र विद्युत् पुनर्बहालीलाई उच्च प्राथमिकता दिँदै प्राधिकरणले उपलब्ध सबै संयन्त्र प्रयोगमा ल्याएको जनाएको छ । यसका साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि प्रभावित क्षेत्रमा तत्कालका लागि सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध गराउन संयन्त्र खटाएको छ । बाढीका कारण ११…
काठमाडौँ । लाहुरे समाजको बाहिरी चमकधमक र प्रतिष्ठा पछाडि लुकेको पारिवारिक जटिलता एवम् भावनात्मक कथावस्तुमा आधारित चलचित्र ‘पेन्सन पट्टा’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । माओत्से गुरुङको निर्देशनमा बनेको यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ । मुख्य भूमिकामा देखिएका अभिनेता दयाहाङ राईले लाहुरे जीवनशैलीका आन्तरिक उतारचढाव र सामाजिक सम्बन्धका आयामलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यस चलचित्रमा दयाहाङका साथै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापासहितका कलाकारहरूको अभिनय रहेको छ । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र…
ललितपुर । पढाइको महत्त्वलाई मनोरञ्जनात्मक माध्यमबाट बुझाउने प्रयासस्वरूप आज जनभावना क्याम्पसका विद्यार्थीहरूलाई नेपाली ब्लकबस्टर चलचित्र ‘गौंथली’ देखाउन हलमा लगिएको छ । गोदावरी नगरपालिका–११ चापागाउँ बसपार्क नजिकै रहेको उक्त क्याम्पसमा अध्ययनरत ८० जना प्लस टु तहका विद्यार्थीहरूलाई ग्वार्कोस्थित गुण सिनेमा हलमा लगिएको हो । विद्यार्थीहरूलाई अध्ययनमा उत्प्रेरित गर्दै शिक्षाले व्यक्तिगत र व्यावसायिक भविष्य निर्माणमा खेल्ने भूमिकाबारे सचेत गराउन यो कार्यक्रम आयोजना गरिएको हो । यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने र उनीहरूको शैक्षिक यात्रामा थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको हो। बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रस्तावित पुस्तकालय नीतिको मस्यौदाका विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको छ। त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धमा विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग परामर्श गरिने समितिले जनाएको छ।
काठमाडौँ । प्रतिनिधिसभामा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन् । सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेपछि प्रधानमन्त्री शाह पहिलोपटक संसदमा प्रत्यक्ष प्रश्नोत्तरका लागि उपस्थित हुन लागेका हुन् । संसद सचिवालयका अनुसार अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका तय गरिएको छ । आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी ११ जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न सोध्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्नेछन् । त्यसैगरी…
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे बस्ने भएको छ। सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू रहेका छन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय भएको छ। यसका साथै, प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पनि सभासमक्ष पेस गर्नेछन्। त्यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा साधारणतया बदली भएको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाताहरूलाई थप सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ नयाँ ‘ट्याक्स पोर्टल’ सञ्चालनमा ल्याएको छ । लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा महानिर्देशक डा. भीष्मकुमार भूसालले नयाँ प्रणालीको शुभारम्भ गर्नुभयो । सुरुआती चरणमा करदातालाई अभ्यस्त बनाउन र प्राविधिक समस्या व्यवस्थापन गर्न एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली एकैसाथ सञ्चालन गरिने विभागले जनाएको छ । अहिले दुवै प्रणालीको बाह्य स्वरूप उस्तै राखिए पनि एक महिनापछि पुरानो भर्सन पूर्ण रूपमा बन्द गरी नयाँ इन्टरफेस लागू गरिनेछ । नयाँ प्रणाली सबै प्रकारका ब्राउजरमा सहजै चल्नेछ भने बारम्बार लगइन र लगआउट गर्नुपर्ने झन्झट अन्त्य गरिएको छ । यसमा…
काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रलाई अब केवल आयातमा सीमित नराखी स्वदेशी उत्पादन, हरित ऊर्जा र प्रविधिसँग जोड्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । मंगलबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित १८औँ ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई सवारीसाधन क्षेत्रमा आत्मनिर्भर बनाउन नवप्रवर्तन र हरित ऊर्जामा जोड दिनुपर्ने बताए । नाडाको ५० औँ वर्षगाँठ अर्थात स्वर्ण जयन्तीका अवसरमा आयोजित यस प्रदर्शनीलाई सामान्य व्यापारिक मेलाका रूपमा मात्र नलिन आग्रह गर्दै उपराष्ट्रपति यादवले यसलाई देशको आर्थिक रूपान्तरणको मार्गचित्र कोर्ने माध्यम बनाउनुपर्ने धारणा राखे । उनले स्वदेशी जलविद्युत्को प्रयोग बढाएर विद्युतीय सवारीसाधन (EV) प्रवर्द्धन गर्न सके इन्धन आयातमा हुने…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
