- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ असोज २१ गते बुधबार ईस २०२६ अक्टोबर ७ नेपाल सम्बत ११४६ ञलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सक्रियता सही दिशामा प्रयोग भयो भने छोटो समयमै महत्वपूर्ण काम अघि बढाउन सकिनेछ। कार्यक्षेत्रमा अचानक आएको जिम्मेवारीले सुरुमा दबाब दिए पनि त्यसले क्षमता देखाउने…
काठमाडौँ । स्पेनमा चुलिँदो घरभाडा, आवासको चर्को अभाव र महँगिँदो जीवनयापनका कारण जनआक्रोश चुलिएपछि हजारौँ नागरिक सडकमा उत्रिएका छन् । घर किन्न असम्भवप्रायः बनेको र भाडादर निरन्तर आकासिएपछि सुरु भएको यो प्रदर्शन केवल आर्थिक समस्यामा सीमित नरही सरकारका लागि ठूलो राजनीतिक संकटका रूपमा उभिएको छ । आइडियलिस्टा नामक घरजग्गासम्बन्धी वेबसाइटको तथ्याङ्क अनुसार सन् २०१६ मा प्रतिवर्गमिटर ८.२० युरो रहेको औसत घरभाडा यो वर्ष १५.१० युरो पुगेको छ । करिब एक दशकमा भाडादर दोब्बरले बढेपछि न्यून आय भएका परिवार र युवापुस्ता प्रत्यक्ष मारमा परेका छन् । युरोपेली संघमा औसत १८ प्रतिशत भाडावालाले मात्र आफ्नो आम्दानीको ठूलो हिस्सा घरमा खर्च गर्ने गरे…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले मतदाताको प्रारम्भिक नामावली प्रकाशन गर्दै ७ हजार ११४ जना मतदाता कायम भएको जनाएको छ । समितिले बिहान साढे ९ बजेसम्म मतदाता नामावलीउपर दाबी-विरोधको समय दिएको छ । परेका निवेदनहरूको जाँचबुँझ सकी साढे ११ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशन गर्दा छुटेका प्रतिनिधिको नामसमेत समावेश गरिने निर्वाचन समितिले प्रस्ट पारेको छ । महाधिवेशनको कार्यतालिका अनुसार बिहान १० बजेदेखि मनोनयन दर्ताको फारम वितरण सुरु गरी साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । केन्द्रीय कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारका लागि उम्मेदवारी शुल्क तथा…
काठमाडौँ । नेपालमा विद्युत् उत्पादन तीव्र गतिमा बढिरहेका बेला सरकारले अतिरिक्त विद्युत्को बजार व्यवस्थापनका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा भित्र्याउने तयारी गरेको छ । उत्पादन र आन्तरिक मागबीच सन्तुलन मिलाउनका साथै फाजिल विद्युत्लाई क्षेत्रीय तथा अन्तरदेशीय बजारसम्म पुर्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले व्यवस्थित कानुनी र संस्थागत आधार निर्माण गर्न लागेको हो । यसअन्तर्गत निजी क्षेत्रलाई प्रारम्भिक चरणमा आशयपत्र वा स्वीकृतिपत्र प्रदान गरी आवश्यक कानुनी, वित्तीय र प्राविधिक तयारी गर्ने बाटो खोलिनेछ । यद्यपि, यो स्वीकृतिपत्रले नै विद्युत् खरिद-बिक्री वा प्रसारण लाइनको ग्यारेन्टी भने गर्ने छैन । व्यापारिक संस्थाहरूले बजार, मूल्य र भुक्तानीसम्बन्धी जोखिम आफैँ वहन गर्नुपर्नेछ । विद्युत् नियमन…
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित नयाँ राजदूतहरू विरुद्ध परेका उजुरी आज खोल्दै छ । बिहान ११:१५ बजे तय भएको बैठकमा प्राप्त उजुरीहरू खोल्नुका साथै प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ । यसअघि असोज ८ गते बसेको समिति बैठकले भारत, चीन, र अमेरिकासहित १३ मुलुकका लागि सिफारिस गरिएका नयाँ राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गर्दै उजुरी आह्वान गरेको थियो । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको हो । जसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि…
काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालको पुनर्निर्माण, आर्थिक सुधार र सामाजिक संरक्षणका विविध पक्षमा गहन छलफल गर्नुभयो । भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउनुभयो । यसका साथै बृहत् आर्थिक सुधार, बीमा प्रणाली र सामाजिक सुरक्षाका क्षेत्रमा गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको वित्तीय स्रोत परिचालनका विषयमा दुई पक्षबीच विस्तृत कुराकानी भएको छ ।…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ । त्यस्तै, युरोपेली मुद्रा युरो एकको खरिद दर १७२ रुपैयाँ ३२ पैसा तथा बिक्री दर १७२ रुपैयाँ ९९ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ ३२ पैसा र बिक्री दर २०४ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्राङ्क एकको खरिद दर १८५ रुपैयाँ ५० पैसा र बिक्री दर १८६ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।…
आजको राशिफल बिस २०८३ असोज २० गते मंगलबार ईस २०२६ अक्टोबर ६ नेपाल सम्बत ११४६ ञलागा एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मंगलको प्रभाव तपाईंका लागि विशेष सक्रिय रहनेछ। आज आफूले सुरु गरेको कामलाई गति दिने आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा नेतृत्व लिनुपर्ने अवस्था आए पनि सहकर्मीको सुझावलाई बेवास्ता नगर्नुहोस्।…
रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका रसुवाका बासिन्दालाई लक्षित गर्दै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सुरु भएको छ । विपद्बाट प्रभावित सर्वसाधारणका साथै सर्वसाधारणलाई गाउँघरमै आधारभूत स्वास्थ्य सुविधा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको संयुक्त आयोजना एवम् उत्तरगया गाउँपालिकाको समन्वयमा शिविर आयोजना गरिएको हो । बेत्रावतीबाट प्रारम्भ भएको यो शिविर असोज १७ र १८ गते लहरेपौवामा सम्पन्न भइसकेको छ । आयोजक संस्थाका अध्यक्ष बलराम न्यौपानेका अनुसार असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा शिविर चलाएर समापन गरिनेछ । शिविरमा वरिष्ठ चिकित्सकहरूबाट सर्वसाधारणको…
काठमाडौँ । बाँकेको कोहलपुरस्थित एक पोलिक्लिनिकमा बिरामीमाथि अवाञ्छित व्यवहार भएको घटनाबारे अनुसन्धान गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति बनाएको छ । असोज १७ गते थापा पोलिक्लिनिकमा घटेको उक्त विषयलाई लिएर अनलाइन उजुरी परेकाले वास्तविकता पत्ता लगाउन समिति गठन गरिएको परिषद्ले जनाएको छ । सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो सार्वजनिक भएलगत्तै पीडितले करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा पोलिक्लिनिक सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार थापासँग सीएमए उत्तीर्ण गरेको प्रमाणपत्र मात्रै रहेको र बिरामीको उपचार गर्न पाउने आधिकारिक इजाजतपत्र नभएको खुलेको छ । हाल…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
