Author: khaptadm-admin

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो तोकिएको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने भएको छ । त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालय प्रशासनलाई शैक्षिक तालिका कडाइका साथ पालना गराउन स्पष्ट निर्देशन दिएका हुन् । मन्त्री पोखरेलका अनुसार प्रवेश परीक्षा, विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन तोकिएकै समयभित्र सम्पन्न हुनुपर्छ । यदि कुनै कारणवश शैक्षिक क्यालेन्डर प्रभावित हुन गएमा त्यसको स्पष्ट कारण र सुधारका लागि लिइने समयसीमा सार्वजनिक रूपमा पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए । यस्तै, अबको परीक्षा प्रणालीले केवल उत्तरपुस्तिकाको लेखनभन्दा पनि विद्यार्थीको वास्तविक सिकाइ क्षमताको मापन…

Read More

काठमाडौँ । साहित्य क्षेत्रको सर्वोच्च मानिने सन् २०२६ को नोबेल पुरस्कार क्यानडाकी प्रसिद्ध लेखिका एनी कार्सनलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्राचीन ग्रिक तथा शास्त्रीय साहित्यलाई आधुनिक र सिर्जनात्मक शैलीमा ढाल्दै साहित्यका नयाँ रूप र सीमा निर्धारण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई यो सम्मान दिइएको नोबेल समितिले जनाएको छ । कार्सनका ‘अटोबायोग्राफी अफ रेड’, ‘द ब्यूटी अफ द हस्बन्ड’ र ‘नक्स’ जस्ता कृतिहरू संसारभर चर्चित छन् । सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड’ मा उनले प्राचीन ग्रिक कथालाई आधुनिक परिवेशमा कलात्मक ढंगले प्रस्तुत गरेकी छन् भने सन् २०१० को ‘नक्स’ आफ्ना दिवंगत भाइ माइकलको स्मृतिमा तयार पारिएको विशेष…

Read More

काठमाडौँ । भारतीय चलचित्र जगत्का दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान ५:२० बजे उनलाई गम्भीर हृदयघात भएको थियो । गोवास्थित मणिपाल अस्पतालका वरिष्ठ चिकित्सक डा. शेखर सालकरका अनुसार चिकित्सक टोलीले करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन (CPR) प्रयास गरे पनि उनलाई बचाउन सकिएन । घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको र शव परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा विश्वनाथ पाटेकरका रूपमा जन्मिएका उनले नेपाली तथा हिन्दी चलचित्रप्रेमी माझ ‘नाना पाटेकर’को नामबाट विशिष्ट पहिचान बनाएका थिए । उनी अभिनयका अलावा निर्माता,…

Read More

काठमाडौँ । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन वेत्रावतीमा बेलिब्रिज जडानको कार्य तीव्र रूपमा अघि बढाइएको छ । यातायात सेवा यथाशीघ्र सुचारु गराउन रातको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिइएको छ । चालु अवस्थामा रहेको निर्माण कार्य हालसम्म करिब आधा सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । निरन्तरको वर्षाका कारण काममा केही अवरोध सिर्जना भए तापनि चालु साताभित्रै जडान कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आगामी आइतबारसम्ममा बेलिब्रिजमार्फत दुवै जिल्लाबीचको सिधा यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

Read More

काठमाडौँ । नेकपा एमालेले आफ्नो स्थायी कमिटीको बैठक आज बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने जनाइएको छ । पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएपछि स्थायी कमिटीको यो पहिलो औपचारिक छलफल हुन लागेको हो। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्यभारबारे छलफल हुनेछ । एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित कुल २७ जना सदस्य रहेका छन् ।

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर तय गर्दै आजका लागि विभिन्न देशका मुद्राको खरिद तथा बिक्री मूल्य सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्वारा जारी विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा कायम भएको छ । युरोपेली युरो एकको खरिददर १७३ रुपैयाँ २ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा तोकिँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य २०४ रुपैयाँ ४२ पैसा तथा बिक्री मूल्य २०५ रुपैयाँ २१ पैसा रहेको छ । उच्च मूल्य रहेका मुद्राहरूमध्ये कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ५०३ रुपैयाँ…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । प्राविधिक कारण तथा मौसम प्रतिकूल बनेपछि बिहान ७ बजेका लागि तय भएको मतदान प्रक्रिया ३ घण्टा ढिला गरी बिहान १० बजेदेखि सुरु हुन लागेको हो । वरिष्ठ अधिवक्ता एवं केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदाताको सहजतालाई ध्यानमा राख्दै राजधानीका तीन फरक स्थानमा सातवटा मतदान केन्द्रको प्रबन्ध मिलाइएको छ । जसअन्तर्गत बागमती प्रदेशका प्रतिनिधिहरूले राष्ट्रिय सभागृहमा पुगेर मत खसाल्नेछन् । यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ । गण्डकी र लुम्बिनी…

Read More

काठमाडौँ । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै क्षेत्रका साथै कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली भएको छ । त्यस्तै मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।…

Read More

आजको राशिफल बिस २०८३ असोज २२ गते विहिबार ईस २०२६ अक्टोबर ८ नेपाल सम्बत ११४६ ञलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुल्क योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बृहस्पतिको प्रभावले आज तपाईंलाई ठूलो लक्ष्यतर्फ केन्द्रित हुन प्रेरित गर्नेछ। काममा नयाँ जिम्मेवारी पाउन सकिन्छ र त्यसले भविष्यमा प्रगतिको बाटो खोल्ने सम्भावना छ। वरिष्ठ व्यक्तिको सुझावलाई बेवास्ता नगर्नुहोस्।…

Read More

काठमाडौँ । दूरदराजका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न टेलिमेडिसिन सेवालाई थप व्यवस्थित र दिगो बनाइने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित एक विशेष बैठकमा मन्त्री निशा मेहताले यस सेवालाई प्रभावकारी रूपमा अघि बढाउनेबारे सरोकारवालाहरूसँग गहन छलफल गरेकी हुन् । मन्त्री मेहताको अध्यक्षतामा बसेको उक्त बैठकमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, विभागीय निमित्त महानिर्देशक, उपचारात्मक सेवा महाशाखाका प्रमुखका साथै वीर अस्पताल र पाटन अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलका क्रममा टेलिमेडिसिन सेवालाई निरन्तरता दिन आवश्यक बजेट, दक्ष जनशक्ति तथा संस्थागत संरचनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जोड दिइएको छ । सेवालाई सहजरूपमा सञ्चालन गर्न छुट्टै जनशक्तिको…

Read More