Author: khaptadm-admin

काठमाडौँ । नेपालको पूर्वाधार र समग्र विकासका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सरकारले उच्चस्तरीय छलफल तीव्र बनाएको छ । यसै क्रममा सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच विशेष भेटवार्ता भएको हो । उक्त अवसरमा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि एडीबीले पुर्‍याउँदै आएको सहयोग र लगानी परिचालनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गर्नुभयो । जवाफमा अध्यक्ष कान्डाले नेपालको समग्र विकास प्रयासमा सहकार्य र सहयोग गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउनुभएको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

Read More

डोल्पा । अविरल वर्षाका कारण आएको लेदोसहितको बाढीले डोल्पाको जगदुल्ला गाउँपालिकामा एक जनाको ज्यान लिएको छ भने ६ जना घाइते भएका छन् । गएराति जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा धुलाखोला र आसपासका खोल्साबाट ढुङ्गा, माटो र हिलो मिश्रित बाढी गाउँमा पसेको हो । डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार बाढीमा परी घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरेर स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बाढीका कारण घाइते भएका अन्य ६ जनाको भने झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक,…

Read More

काठमाडौँ । उखु कृषकहरूले चिनी मिलबाट पाउनुपर्ने ठुलो हिस्सा रकम भुक्तानी भइसकेको सरकारले दाबी गरेको छ । चालु आर्थिक वर्षमा सञ्चालित १३ वटा चिनी उद्योगबाट ६८ हजार किसानले पाउने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारी विवरणमा उल्लेख छ । वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको उपलब्धि प्रतिवेदनका अनुसार विगतका वर्षहरूमा जस्तो भुक्तानीका लागि किसानले ६ देखि ८ महिनासम्म पर्खनुपर्ने बाध्यता यसपटक हटेको छ । यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने गरी प्रभावकारी व्यवस्था मिलाइएको सरकारले जनाएको छ । त्यसै गरी सरकारका तर्फबाट उपलब्ध गराइने प्रतिक्विन्टल ७० रुपैयाँका…

Read More

काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार प्रतिनिधि सभा मातहतका दुईवटा विषयगत समितिका बैठकहरू आयोजना गरिँदैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयहरूका बारेमा छलफल हुनेछ । उक्त बैठकमा नीतिलाई थप प्रभावकारी बनाउनका लागि सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूलाई आमन्त्रण गरी सुझाव लिने कार्यसूची तय गरिएको छ । यसैगरी, दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बोलाइएको छ । सो बैठकमा समितिको कार्यविधि एवं आचारसंहिता मस्यौदा उपसमितिले…

Read More

काठमाडौँ । फिफा विश्वकप फुटबलको सहआयोजक क्यानडा नकआउट चरणको खेलमा मोरक्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को प्रतिस्पर्धामा मोरक्कोसँग ३–० को फराकिलो गोल अन्तरले स्तब्ध बनेपछि आयोजक राष्ट्रमध्ये क्यानडाको यात्रा सबैभन्दा पहिलो टुट्न पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले पूर्ण रूपमा दबाब कायम गर्‍यो । खेलको ५०औँ मिनेटमा अचराफ हाकिमीको फ्रिकिक पासलाई सदुपयोग गर्दै अजेदिन उनाहीले पेनाल्टी क्षेत्रको बाहिरबाट उत्कृष्ट गोल गरी मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर मोरक्कोले आफ्नो अग्रतालाई थप बलियो बनायो । ८२औँ मिनेटमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसैगरी,…

Read More

काठमाडौँ । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकप उपाधिको बलियो दाबेदार फ्रान्स अन्तिम आठमा पुगेको हो । दोस्रो हाफमा फ्रान्सले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । यो गोलसँगै जारी प्रतियोगितामा सातौँ गोल पूरा गर्दै एम्बाप्पेले सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका स्टार लियोनेल मेसीसँग बराबरी समेत गरेका छन् । अत्यधिक गर्मीका बीच ३८ डिग्री सेल्सियस तापमानमा सुरु भएको खेलमा फ्रान्सले सुरुवाती समयदेखि नै बल आफ्नो नियन्त्रणमा राखेको थियो । यद्यपि, पाराग्वेको रक्षापंक्ति निकै अनुशासित र मजबुत रहँदा फ्रान्सले गोल गर्ने स्पष्ट…

Read More

काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भेगतर्फ औसतभन्दा दक्षिणमा र पश्चिमी भेगतर्फ औसत स्थानकै आसपासमा अवस्थित छ । अहिले देशभर सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी र हिमाली क्षेत्रका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा सामान्य बदली रहने देखिन्छ । कोशी, मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीको सम्भावना छ । देशका पहाडी भेगका केही स्थान…

Read More

आजको राशिफल बिस २०८३ असार २१ गते आइतबार ईस २०२६ जुलाई ५ नेपाल सम्बत ११४६ तछलागा पञ्चमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, आयुष्मान योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज आत्मविश्वास र सक्रियताले तपाईंलाई धेरै काममा सफलता दिलाउन सक्छ। बिहानदेखि नै नयाँ योजना बनाउने वा पुराना अधुरा काम पूरा गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, समय…

Read More

काठमाडौँ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबारका दिन संसारभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्षका लागि ‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ भन्ने मूल नारा तय गरिएको छ । बेलायतका रबर्ट ओवेनले सन् १८४४ मा सुरु गरेको सहकारी अभियानलाई संयुक्त राष्ट्रसंघको साधारणसभाले १६ डिसेम्बर १९९२ मा औपचारिक मान्यता दिँदै यो दिवस मनाउने घोषणा गरेको थियो । नेपालको सन्दर्भमा विसं २०१० सालदेखि सहकारीको संस्थागत सोच विकास भएको भए तापनि विसं २०१३ मा बखान सहकारी संस्थाको स्थापना भएपछि मात्र यसले गति लिएको इतिहास छ । यद्यपि, लामो समय बितिसक्दा पनि नेपाली सहकारी क्षेत्रले सोचेअनुरूप गुणात्मक…

Read More

काठमाडौँ । मुलुकका सातवटा विश्वविद्यालयहरूले नयाँ नेतृत्व पाएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा सात विश्वविद्यालयमा नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन् । यो नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा डा भोला थापा चयन भएका छन् । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल उपकुलपति बनेका छन् । अन्य विश्वविद्यालयतर्फ कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टालाई उपकुलपति पदमा नियुक्त गरिएको छ । नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले…

Read More