Author: khaptadm-admin

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू अझै सम्पर्कविहीन रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा ३२ देशका कुल ६६७ जना पर्यटक र नेपाली नागरिकहरू सम्पर्कमा आउन सकेका छैनन् । भोटेकोशीमा अचानक आएको बाढीका कारण तटीय तथा आसपासका क्षेत्रमा पुगेका यात्रु एवं पर्यटकहरू प्रभावित भएका हुन् । उद्धार तथा खोजी कार्य जारी रहे पनि भौगोलिक विकटता र सञ्चार सम्पर्क विच्छेद भएका कारण उनीहरूको अवस्था अज्ञात रहेको छ । पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी भारतीय र त्यसपछि नेपाली नागरिक छन् । सुरक्षा निकाय तथा स्थानीय…

Read More

काठमाडौँ । सनातन धर्मावलम्बीहरूले आज देशभर नयाँ जनै फेर्नुका साथै रक्षासूत्र बाँधेर जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणी पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । वैदिक परम्पराअनुसार बिहानै नदी, ताल, तलाउ तथा धार्मिक कुण्डहरूमा पुगेर स्नान गरी गुरु पुरोहितको हातबाट मन्त्रिएको डोरो बाँध्ने गरिन्छ। सत्ययुगमा दानवराज बलिलाई गुरु बृहस्पतिले रक्षा विधानद्वारा बाँधेर देवगणको रक्षा गरेको पौराणिक प्रसङ्गलाई स्मरण गर्दै रक्षाबन्धन गर्ने प्रचलन रहिआएको हो । यसै अवसरमा तागाधारीहरूले दत्तिउन, गोबर र खरानी लगाएर ‘श्रावणी स्नान’ गरी कश्यप, अत्रि, वशिष्ठसहित सप्तऋषि र अरुन्धतीलाई तर्पण दिँदै नयाँ यज्ञोपवीत धारण गर्छन् । आजको दिन ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेको क्वाँटी खाने विशेष परम्परा…

Read More

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा देशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने मौसमको पूर्वसूचना लिएर मात्र निस्कनुहोला । जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम पूर्वानुमान जारी गर्दै विभिन्न तीर्थस्थल र पर्यटकीय क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उच्च हिमाली धार्मिक क्षेत्र रसुवाको गोसाइँकुण्ड र सिन्धुपाल्चोकको पाँचपोखरीमा आज दिउँसो अपराह्नपछि धेरैजसो स्थानमा मध्यम वर्षा हुनेछ । यी दुवै क्षेत्रमा रातिको समयमा मध्यमका साथै एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, दोलखाको जटापोखरी क्षेत्रमा पनि आज र भोलि (शनिबार) मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहने…

Read More

काठमाडौँ । रसुवा, नुवाकोट, धादिङ र गोरखा भएर बहने भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ६४४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको विवरण अनुसार १२७ जना नेपालीसहित विभिन्न देशका पर्यटक बेपत्ता भएका हुन् । विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बोर्डले बाढी प्रभावित क्षेत्रमा १७८ जना भारतीय, ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ५१ जना मलेसियाली, ३५ जना अस्ट्रेलियाली, ३३ जना बेलायती र २५ जना क्यानडाली नागरिक सम्पर्कविहीन भएको जनाएको छ । यस्तै सिङ्गापुर, जर्मनी, रुस, लाटभिया, दक्षिण अफ्रिका, जापान, न्युजिल्यान्ड, फ्रान्स, बेल्जियम,…

Read More

काठमाडौँ । भोटकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि भारत सरकारले थप राहत सामग्री पठाएको छ । भारतबाट ३७.५ टन मानवीय सहायता, विपत् राहत सामग्री तथा औषधी बोकेको भारतीय वायुसेनाको विमान नेपालका लागि उडान भरेको भारतका विदेशमन्त्री एस. जयशंकरले जानकारी दिएका छन् । यसअघि हिजो मात्रै भारतले १० टन बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । नेपाली अधिकारीहरूसँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै विदेशमन्त्री जयशंकरले यस सङ्कटको समयमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकले १० बुँदे अपिल जारी गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा भएको सर्बदलीय बैठकले विद्प व्यवस्थापन बारे सर्वदलीय संयुक्त १० बुँदे अपिल जारी गरेको हो । अपिलमा रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, गगन थापा, सभापति, नेपाली कांग्रेस, पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी, शंकर पोखरेल, महासचिव, नेकपा एमाले, ध्रुव राई, श्रम संस्कृति पार्टी, राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी र चन्दन सिंह, जनमत पार्टीले हस्ताक्षर गरेका छन् । सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल नेपाल र मित्रराष्ट्र चीनको सीमावर्ती क्षेत्रबाट…

Read More

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । संघले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । यसका साथै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्‌हरूलाई परिचालन गर्न छुट्टाछुट्टै समितिहरू बनाउने निर्णय…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सर्वदलीय बैठक बोलाएका छन् । संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ९ बजेका लागि तय गरिएको उक्त बैठकमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी, विस्थापितहरूको राहत र पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले मुलुकका विभिन्न भागमा बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भाग,…

Read More

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न तीव्र गतिमा काम अघि बढाएको छ । बाढीका कारण संरचनाहरू ध्वस्त हुँदा सो क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो । सेवालाई सहज र नियमित बनाउन प्राधिकरणले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्नुका साथै वैकल्पिक उपायहरूसमेत अपनाइरहेको छ । शीघ्र विद्युत् पुनर्बहालीलाई उच्च प्राथमिकता दिँदै प्राधिकरणले उपलब्ध सबै संयन्त्र प्रयोगमा ल्याएको जनाएको छ । यसका साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि प्रभावित क्षेत्रमा तत्कालका लागि सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध गराउन संयन्त्र खटाएको छ । बाढीका कारण ११…

Read More