Author: khaptadm-admin

काठमाडौँ । भारतको खाद्य नियामक निकायले डाबर इन्डियालाई आफ्ना विभिन्न प्याक गरिएका खाद्य सामग्रीको बिक्री वितरण तत्काल बन्द गर्न कडा निर्देशन दिएको छ । आफ्ना उत्पादनमा ‘शतप्रतिशत शुद्ध’ तथा ‘जैविक’ जस्ता भ्रामक शब्द प्रयोग गरेर उपभोक्तालाई भ्रममा पारेको ठहर गर्दै खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले यस्तो कदम चालेको हो । यस प्रतिबन्धबाट डाबरको मह, गाईको घिउ, जैविक स्याउको सिरका र नरिवलको दूधलगायतका सामग्रीहरू प्रभावित भएका छन् । नियामक निकायले कम्पनीलाई आफ्ना आदेश पूर्ण रूपमा पालना गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनसमेत समयसीमा तोकेको छ । प्राधिकरणले गरेको अनुगमनका क्रममा डाबरका आधिकारिक वेबसाइट तथा प्याकेटहरूमा बिनाआधार ‘शतप्रतिशत प्राकृतिक’, ‘शतप्रतिशत शुद्ध’ र ‘शतप्रतिशत…

Read More

महोत्तरी । डुमरवानाको भित्री सडकखण्डमा मङ्गलबार बिहान विद्यार्थी बोकेको एउटा बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको छ । इमली बजार क्षेत्रबाट गौशालातर्फ जाँदै गरेको मोर्डन शारदा शिक्षा सदनको बा १ क ६१२९ नम्बरको बस एक्कासि अनियन्त्रित भई सडक किनारको उखुबारीमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बिहान करिब साढे सात बजे भएको उक्त दुर्घटनामा सवारी चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४० वर्षीय सवारी चालक विजय भुजेलका साथै विद्यार्थीहरू १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, १३ वर्षीय उमर शेख र ६ वर्षीय आदर्श कुशवाहा…

Read More

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी र उद्योगहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही र निर्देशन जारी गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यावसायिक फर्महरूमा सोमबार विभागले विशेष अनुगमन टोली खटाएको थियो। उपभोक्ताहरूबाट ग्यास पाउन छाडिएको तीव्र गुनासो आएपछि विभागले ग्यास उद्योग तथा डिलरहरूलाई केन्द्रित गरी अनुगमन बढाएको हो। अनुगमनका क्रममा बजारमा ग्यासको माग उच्च रहेको र ग्यासको अभाव देखिएको विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किँरातीले बताउनुभयो। विभागका अनुसार अनुगमनका क्रममा पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योगलाई कृत्रिम अभाव सिर्जना नगर्न र डल्लुको ‘सिम्रन ग्यास स्टोर’ तथा चण्डिनीनगरको ‘युवा इन्टरप्राइजेज’…

Read More

काठमाडौँ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बहानामा रकम असुली गर्नेहरूलाई भूमि समस्या समाधान समितिले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ । स्थानीय तहमार्फत निःशुल्क रूपमा निस्सा वितरण भइरहेको अवस्थामा केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै रकम असुलेको गुनासो आएपछि समितिले यस्तो ध्यानाकर्षण गराएको हो । हाल देशभरबाट संकलित निवेदनका आधारमा जग्गाको विवरण सूचना प्रणालीमा दर्ता गर्ने र निःशुल्क निस्सा बाँड्ने काम सम्बन्धित स्थानीय तहबाटै भइरहेको छ । निवेदकको पहिचान, प्रमाणीकरण र जग्गाको छनोट गर्ने पूर्ण जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ । यस प्रक्रियालाई थप व्यवस्थित बनाउन प्रमुख जिल्ला…

Read More

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विशेषगरी संवैधानिक आयोगको प्रतिवेदन र भूमिहीन सुकुम्बासीको समस्या समाधानसँग सम्बन्धित विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०८१/०८२)’ पेस गर्ने कार्यक्रम रहेको छ । यसैगरी, सांसद भिष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।…

Read More

काठमाडौँ । नयाँ कानुन निर्माण तथा सामयिक विषयमा छलफल चलाउनका लागि आज संघीय संसदका विभिन्न पाँचवटा समितिको बैठक एकैसाथ आयोजना गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतका चार र राष्ट्रिय सभाअन्तर्गतको एक समितिले विभिन्न विधेयक तथा समसामयिक एजेन्डामाथि बहस गर्न लागेका हुन् । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ । सोही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का विषयमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग सैद्धान्तिक छलफल गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, बिहान १० बजे नै बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा…

Read More

काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक सरेकाले मौसममा बदली भई वर्षाको प्रभाव बढेको हो । हाल देशैभर साधारणतया बादल लागेको छ भने कोशी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बागमती, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात वा वर्षाको सम्भावना छ । यसैगरी पहाडी तथा तराईका धेरैजसो भू-भागमा चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । विशेष गरी कोशी, बागमती र गण्डकीका हिमाली…

Read More

काठमाडौँ । मुलुकभरका स्वास्थ्य संस्थाबाट प्रदान गरिने १० प्रतिशत निःशुल्क उपचार सुविधालाई पारदर्शी र प्रभावकारी बनाउन सरकारले विशेष पहल थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सेवाप्रदायक अस्पतालहरू र तिनका जिम्मेवार सम्पर्क अधिकारीहरूको नाम तथा फोन नम्बर सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको हो । विभिन्न अस्पतालमा आरक्षित शय्या तथा उपचार सुविधा पाउन नसकेको गुनासो आएपछि मन्त्रालयले समन्वयका लागि फोकल पर्सन तोकेको हो । यस सूचीमा केन्द्रीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी क्षेत्रका अस्पतालहरू समेटिएका छन् । उपचारका क्रममा कुनै समस्या उत्पन्न भएमा वा सेवा प्राप्त गर्न कठिनाइ भएमा बिरामी तथा तिनका आफन्तले सम्बन्धित अधिकारीलाई…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभबिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक संवाद भएको छ । सोमबार भएको उक्त भेटघाटमा नेपाल र मंगोलियाको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । मन्त्रालयका अनुसार दुई देशबिच विशेष गरी खेलकुदका माध्यमबाट सहकार्य बढाउने र अन्य सम्भावित क्षेत्रहरूमा पनि एकअर्कालाई सहयोग गर्ने विषयमा गहन छलफल भएको छ । भेटका क्रममा दुवै पक्षले आगामी दिनमा आपसी हितका क्षेत्रहरू पहिचान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

ललितपुर । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित सङ्गम फूड प्रोडक्ट्समा भीषण आगलागी भएको छ । बिद्युत सट सर्किट भई अचानक सल्केको आगोका कारण उद्योग परिसरमा बाक्लो धुवाँको तुवाँलो फैलिएको थियो । घटनालगत्तै ललितपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयबासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागी भएलगत्तै उद्योगभित्र रहेका खाद्यान्न तथा अन्य सामानहरू सुरक्षित स्थानमा सार्न टोली खटिएको थियो । आगो निभाउनका लागि दमकलका साथै सुरक्षाकर्मीहरू भर्याङ र हतियार प्रयोग गरी उद्धार कार्यमा जुटिरहेका छन् । आगलागीबाट भएको क्षति र थप विवरण आउन बाँकी छ । फोटो: टेरेन्स महतो

Read More