अछाम असोज १। अछाम जिल्लामा पहिरोले घर भत्किँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
बिहीबार रातिदेखि परेको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएका कारणले सुदूरपश्चिममा ठूलो धनजनको क्षति भएको प्रहरीले जनाएको छ ।
तुर्माखाड गाउँपालिका कडाबाट ९, कमलाबजार नगरपालिकामा ७ र ढकारी गाउँपालिकामा २ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
प्रहरीको टोली पुगेको र उद्धार कार्य सुरु गरिएको रिजालले बताए। १२ जनाको शव निकालिएको भएपनि थप विवरण आउन बाँकी रहेको उनले बताए।