नेपालगन्ज। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका एक र प्रदेश सभाका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर १ बाट प्रदेशसभाका उग्रसेन यादव र विक्रम यादव, २ बाट स्वतन्त्र उम्मेदवार राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता छन् । क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका उम्मेदवार जाकिर हुसेन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।
तीन निर्वाचन क्षेत्र भएको बाँकेबाट प्रतिनिधिसभा र प्रदेशसभामा कुल ९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । नौ सिटका लागि कुल ९९ जना उम्मेदवार मैदानमा छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ ।