मंगलबार , चैत्र ७, २०७९

भेरी अस्पतालले फोर बेचेर दस महिनामा साढे ३ लाखको गरे आम्दानी

बाँके (नेपालगञ्ज) । कुनै समय अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमै समस्या बनेको भेरी अस्पतालले केहि महिना यता पुन: प्रयोगमा आउने प्लास्टिक र कागज जन्य फोहोरलाई बिक्रि गरेर आम्दानी गर्ने थालेको छ।

अस्पतालमा जम्मा हुने फोहोर बाट दस महिनामा साढे ३ लाखको आम्दानी गरेको छ ।

अस्पतालमा दैनिक करिब २५० किलो फोहोर उत्पादन हुन्छ । उत्पादन भएको सबै फोहोरलाई अस्पताल परिसरमा रहेको स्वास्थ्यजन्य फोहोर मैला संकलन तथा केन्द्रमा लगेर व्यवस्थापन गरिन्छ ।

नकुहिने फोहोर अस्पतालले बेच्ने गरेको छ ।